Sunday, January 27, 2008

ँमाओवादीले सम्पत्ति फिर्ता गरेन’

माघ १२ - माओवादीले पर्ूर्वी पहाडी जिल्लाका र्सवसाधारणको सम्पत्ति अझै फिर्ता नगरेको पीडितले बताएका छन् ।
सुनसरीसहित खोटाङ, ओखलढुं्गा, भोजपुरमा माओवादीले सम्पत्ति फिर्ता नगरेको तर्राईमा बस्दै आएका र्सवसाधारणले बताएका हुन् । नेपाली कांग्रेस महासमिति सदस्य पद्मबहादुर निरौलाले माओवादीले आफ्नो लाखौंको सम्पत्ति फिर्ता नगरेको बताए ।
'आफूलाई मर्‍यो भनी फ्या“केर घरमा भएका सम्पत्ति लगे,' निरौलाले भने- 'सरकारलाई पनि पटकपटक ध्यानाकर्षा गराइयो तर उनीहरूले अझै फिर्ता गरेका छैनन् ।'
माओवादीबाट सम्पत्ति कब्जामा लिएर खेदाइएका पिलेलेश्वर पोखरेलले लोकतन्त्र स्थापना हुनासाथ माओवादी केन्द्रीय नेतृत्वले सम्पत्ति फिर्ता गर्न निर्देशन दिएपछि पहाड जा“दा धम्की दिएको बताए ।
सुनसरी र मोरङमा माओवादीद्वारा खेदाइएका २४ भन्दा बढी र्सवसाधारणको परिवार घर र्फकन सकेका छैनन् । उनीहरूले विस्थापित संर्घष्ा समिति गठन गरी सरकारलाई दबाब दिइरहेको जनाएका छन् ।

No comments: