का“कडभिट्टा, पुस १८ - भुटानमा सोमबार भएको नेसनल काउन्सिलको निर्वाचनमा दर्ुइ नेपालीभाषी विजयी भएका छन् ।
दक्षिणी भुटानका साम्ची र चिराङ जिल्लाबाट प्रत्याशी बनेका क्रमशः डा. मणिकुमार र्राई र जस्टिन गुरुङले संसद्को माथिल्लो सदनमा विजय प्राप्त गरेका हुन् । दुवैजना गैरराजनीतिक पृष्ठभूमिका हुन् । पशु चिकित्सक र्राई साम्चीको चारघरेका र वाणिज्यमा स्नातक गुरुङ चिराङको फुन्तेछुका बासिन्दा हुन् ।
आठ नेपालीभाषी उठेकामा साम्चीमा डा. र्राईसमेत चारजना थिए । निर्वाचन आयोगले मंगलबार सा“झ र्सार्वजनिक गरेको परिणामअनुसार डा. र्राईले ७ हजार ९ सय ९६ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुलाल गुरुङलेे ५ हजार ६ सय १२ मत ल्याए ।
गुरुङले भने एक मात्र प्रत्याशी डुक्पा समुदायका पेमालाई करिब दोब्बर मतले पराजित गरेको उनले टेलिफोनमा बताए । गुरुङले ६ हजार १ सय ८१ र पेमाले ३ हजार २ सय १७ मत पाएका थिए ।
पचास वर्षनाघेका डा. र्राई यसअघि पशु सेवा विभागका निर्देशक थिए । कालिम्पोङबाट विद्यालय तहको पढाइ पूरा गरेका उनले कोलकाता विश्वविद्यालयबाट पशु चिकित्सामा स्नातक गरेका हुन् । उनी शरणार्थी नेता डा. भम्पा र्राईका सहपाठी हुन् ।
'दक्षिणी भुटानमा प्रताडित नेपाली जातिका लागि मात्र होइन सबै निमुखा भुटानीका पक्षमा उनले काम गर्नेछन् भन्ने अपेक्षा गरेको छु,' १८ वर्षघि थातथलोबाट लखेटिएका डा. भम्पाले भने- 'बदलि“दो राजनीतिक परिस्थितिमा
भुटानी जनताको दह्रो प्रतिनिधिका रूपमा मणिकुमारले काम गर्न सक्नर्ुपर्छ ।'
चिराङबाट जितेका ३६ वषर्ीय जस्टिन पनि १२ वर्षेखि सरकारी सेवामै थिए । उनी कोलकाताको सेन्ट जेभियर्स कलेजबाट वाणिज्यशास्त्रमा स्नातक हुन् ।
Wednesday, January 2, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment