Friday, January 11, 2008
सैन्य कार्वाही गर्न पाकिस्तानमाथि अमेरिकी दबाब
इस्लामावाद, २७ पुस । अल कायदा वा तालिवान लडाकूहरुलाई पछयाउँदै अमेरिकी फौज अफगानिस्तानसँगको पाकिस्तानी सीमावर्ती इलाकाहरुमा पसे तिनीहरुलाई अतिक्रमणकारीको रुपमा लिइने चेतावनी पाकिस्तानी राष्ट्रपति परवेज मुसरफ ले दिनुभएको छ । सिङ्गापुरको दि स्ट्रेट्स टाइम्ससँगको एक अन्तर्वार्तामा शुक्रबार मुसरफले आसन्न संसदीय निर्वाचनपछि विपक्षी दलहरुबाट आफूविरुद्ध महाभियोग लगाउने प्रयास भए आफूले राजीनामा गर्ने उहाँले बताउनुभयो । अफगान सिमानानजिकका पाकिस्तानी आदिवासी इलाकाहरुमा इस्लामिक लडाकूहरुमाथि सैन्य कार्वाही गर्न पाकिस्तानमाथि अमेरिकी दबाब बढ्दो छ । अप्ठेरो भू-बनौट रहेको लामो त्यस इलाका अल-कायदा नेता ओसाम बिन लादेन, आयमान अल जवाहिरी र तालिवान लडाकूहरु लुकीछिपी बस्दै आएको ठानिएको छ । त्यस्ता आदिवासी इलाकाहरुमा गुपचुप रुपमा हुने फौजीक कार्वाहीको गहन अध्ययन गर्न केन्द्रीय जाँचबुझ संस्था -सिआइए) र अमेरिकी फौजको कार्यक्षेत्र विस्तार गर्न वासिङ्टनले सोचिरहेको गत हप्ता न्यू योर्क टाइम्स समाचारपत्रले समाचार दिएको थियो । स्ट्रेट्स टाइम्स समाचारपत्रसँग मर्ुर्सरफले अमेरिकी फौजले ती आदिवासी इलाकामा पाइला टेके त्यसलाई निश्चित रुपमा अतिक्रमणकारी ठहर्याइने बताउनुभयो
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment