काठमाडौं, पुस २२ - पर्ूवाञ्चल विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विषय स्नातकोत्तर तहको परीक्षा केन्द्र निर्धारण सही ढंगले नभएको भन्दै अधिकांश विद्यार्थीले विरोध जनाएपछि सारिएको छ ।
उक्त विश्वविद्यालयअर्न्तर्गत काठमाडौं सिटी कलेज
-केसीसी) र कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन्स -सीजेएमसी) मा पत्रकारिता स्नातकोत्तर पढाइ हु“दै आएकोमा केसीसीमा केन्द्र परेपछि सीजेएमसीका विद्यार्थीले परीक्षा बहिस्कार गरेका थिए । ब्यापक विरोधपछि परीक्षा नियन्त्रण कार्यालयले पुस २५ गतेको परीक्षा माघ १३ मा सारेको हो ।
परीक्षा बहिस्कार गरेका २८ विद्यार्थीले राजधानीस्थित विश्वविद्यालयको सर्म्पर्क कार्यालयमा आइतबार दिनभर धर्ना दिएका थिए । विरोधपछि सम्बन्धित कलेजमै परीक्षा केन्द्र कायम गर्ने र छुटेको परीक्षा माघ १६ गते लिने निर्ण्र्ााभएको सर्म्पर्क कार्यालयका कर्मचारी विजय भट्टर्राईले बताए । पुस २९ देखि पर्ूवनिर्धारित तालिका अनुसारै परीक्षा सुचारु हुने पनि उनले जनाए । उक्त विषयमा जम्मा ५१ परीक्षार्थी छन् ।
Monday, January 7, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment