Monday, January 7, 2008

दाजुको क्रियामा बहिनी बसिन

विराटनगरमा एक हप्ता अगाडि एक हतियारधारी समूहद्वारा हत्या गरिएका मनोज कामतको किरिया गर्न उनकै सात वर्षिया बहिनी सुजिता कपाल काटेर बसेकी छिन् ।
कामतको परम्परा अनुशार अविवाहित व्यक्तिको मृत्यु भएपछि दाजु तथा भाइ किरियामा बस्ने चलन रहेको छ । परम्परा अनुसार कामतको दाजुभाइ नभएकाले सात वर्षिया बहिनी नै कोरामा बसेको पारिवारिक स्रोतले बताएको छ ।
सुजिता विराटनगर-१ स्थित डनबस्को स्कुलमा कक्षा १ मा अध्ययनरत छिन् । मृतकका बाबु रामदयालु कामतले भन्नुभयो, जसरी पनि काजकिरिया गर्नुपर्‍यो, त्यसैले अरु छोरा नभएपछि छोरीलाई नै टालो गुथाएर राखिएको छ ।
निम्न आय भएका कामत परिवारलाई किरिया गर्नसमेत खर्च नभएपछि अपाङ्गसम्बन्धी संस्थाहरुले पाँच हजार र उनको घर भएको जागृति टोल सङ्गठनले दुई हजार सात सय रुपियाँ दिएर सहयोग गरेका छन् ।
मनोजको हत्या भएपछि गत सोमबारदेखि नै कामत परिवार नजिकै रहेको भाञ्जाको घरमा शरण लिएर बस्दै आएका छन्

No comments: