Tuesday, January 1, 2008
एसएलसी परीक्षा चैत ४ गतेदेखि
यस वर्षको एसएलसी परीक्षाको तालिका सार्वजनिक गर्न परीक्षा बोर्डको बैठकले चैत ४ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । पटकपटक संविधानसभाको निर्वाचन सारिँदै एसएलसी परीक्षा हुने समयनजिक चैतमा पुर्याइएपछि निर्वाचनको मिति र परीक्षाको दिन जुध्नसक्ने भएकोले परीक्षा तालिका तोक्न नसकिएको परीक्षा नियन्त्रण कार्यालयस्रोतले जानकारी दिएको छ। सरकारले संविधानसभाको निर्वाचन चैतको अन्तिममा गर्ने सङ्केत दिएकाले चैत ४ गतेलाई एसएल्सी परीक्षाको मिति तोकिएको हो । कार्यालयको वार्षिक कार्यतालिकाअनुसार पनि पुसको पहिलो साता एसएलसी परीक्षा तालिका निर्धारण र चैतमा परीक्षा कार्यक्रम भइसक्नुपर्छ। यस वर्ष करिब चार लाख विद्यार्थीले एसएलसी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment