Tuesday, January 8, 2008
गाउँको नाम परिर्वतन गर्ने निर्णय
कुमालगाँउ -सल्यान), २४ पुस । माटाका विभिन मुर्ति तथा भाँडाहरू बनाइने सल्यान जिल्लाकै एक मात्र प्रसिद्ध गाउँ 'कुमाल गाउँ'का बासिन्दाहरू आफ्नो पेशाबाट पलायन हुन थालेपछि गाउँको नाम नै परिवर्तन गर्न तम्सिएका छन् । अबदेखि माटाको भाडा बनाउने व्यवसायबाट जिविकोपार्जन नहुने देखेपछि कुमालहरू कोही तरकारी खेती तथा घर बनाउने काममा लागे भने युवाहरू भारत जान बाध्य भएका छन् । कुनै दिन माटाका भाँडा बनाएर फर्सदै नपाइने डेकबहादुर पुनलाई अहिले कामको खोजीमा दिनरात पीरोलिनु परेको छ । मार्क गाविस वडा नं. ३ कुमाल गाउँका उनी जस्ता २३ घरपरिवारको रोजीरोटी भनेकै माटाका भाँडा बनाउनु र बिक्री गर्नु थियो । अहिले बजारमा देखिने प्लाष्टिक र आल्मोनियमका भाँडाहरूले उनीहरूको व्यापार नै सङ्कटमा पारिदिएको छ । पेशाबाट पलायन भएपछि यो ठाँउको नाम उच्चारण गर्न समेत यहाँका बासिन्दाहरू लजाउन थालेका छन् । गाउँको नाम परिर्वतन गर्ने निर्णय पुगे पछि जयलक्ष्मी महिला समूहको नेतृत्वमा कुमाल गाँउको नाम परिर्वतन गरी ज्वालापुर राख्ने निर्णय गरिएको छ । गाउँको नाम परिवर्तन गर्ने निर्ण्र्ाामात्र भएन कि कसैले पुरानो नाम उच्चारण गरेभने पनि उसलाई जरिवाना समेत गर्ने निर्णय गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment