Tuesday, January 15, 2008

राजधानीबाट गाईघाट आउ“दै गरेको रात्रि बस लुटपाट

रौतहट, पुस ३० - सशस्त्र समूहले राजधानीबाट गाईघाट आउ“दै गरेको रात्रि बस आइतबार राति लुटेको छ । लुटेरोको गोलीले एक यात्रु घाइते भएका छन् ।
पर्ूव-पश्चिम राजमार्गको रौतहटस्थित लमाह जंगलमा मुढा तेर्स्याएर डा“काले ना२ख ८१७८ को सीता यातायातका यात्रुलाई लुटेको प्रहरीले जनाएको हो ।
लुटपाटका क्रममा डा“काले चलाएको गोली लागेर गाईघाटका नवराज अधिकारी घाइते भएको प्रहरी निरीक्षक नरेशराज सुवेदीले बताए । घाइतेलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगीएको छ ।
यसैबीच र्सलाही संवाददाताका अनुसार डा“काले आइतबार राति भेल्ही-१ का तीन घर लुटेका छन् ।
१२/१३ जनाको संख्यामा आएका डा“काले चन्देश्वर राय, रामनारायण राय र विजयलाल कर्ण्र्ााे घरमा लुटपाट गरेको प्रहरीले जनाएको हो ।

No comments: