काठमाडौं, पुस १९ - स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचा“दी व्यवसायी संघका अनुसार बिहीबार तोलाको २० हजार रुपैया“भन्दा बढीमा सुनको कारोबार भयो ।
अन्तर्रर्ााट्रय मूल्यलाई पछ्याउ“दै यस दिन सुनको मूल्य प्रतितोला २० हजार २ सय -प्रतिदस ग्राम १७ हजार ३ सय २०) रुपैया“ कायम भएको हो । यसअघि उच्चतम विन्दु २०६३ जेष्ठ १ मा प्रतितोला १९ हजार ८ सय ३० रुपैया“ कायम भएको थियो । अन्तर्रर्ााट्रय बजारमा प्रतिआउन्स ८ सय ५५ दशमलव १० अमेरिकी डलरमा सुनको किनबेच भएको छ । यो मूल्य २७ वर्षछिको उच्च हो ।
'अन्तर्रर्ााट्रय मूल्यअनुसार स्थानीय बजारमा पनि बढेको हो,' संघका अध्यक्ष्ँ तेजरत्न शाक्यले भने- 'मुद्रास्फीतिका कारण अन्तर्रर्ााट्रय बजारमा सुनको मूल्य बढिरहेको छ ।' लगानी वातावरण अनुकूल नभएकाले सुनलाई भरपर्दो लगानीको माध्यम बनाइएको उनले बताए ।
तेलको मूल्य बढेको र अमेरिकी डलर कमजोर भएकाले पनि सुनतर्फलगानी आकषिर्त भएको हो । अन्तर्रर्ााट्रय बजारमा तेल र सुनको मूल्यबीच सकारात्मक सम्बन्ध हुन्छ भने डलर र सुनको मूल्यमा विपरीत सम्बन्ध हुन्छ । अरू मुद्रा प्रयोगकर्ताका लागि अमेरिकी डलरमा कारोबार हुने सुन सस्तो पर्ने हु“दा पनि यसको माग बढेको हो ।
पछिल्लो समयमा सेयर बजारको कारोबार पनि खस्किएको छ । सेयर बजारका लगानीकर्ता सुनतर्फआर्कषित भएका छन्, शाक्यले भने । 'अफ सिजनमा मूल्य बढेकाले व्यापारमा भने गिरावट आएको शाक्य बताउ“छन् । पुसलाई सुन व्यापारको हिसाबमा अफ सिजन मानिन्छ । सुनको व्यापार झन्डै ठप्प भएको उनले बताए ।
विशाल बजारमा रहेको आरके ज्वर्ेलर्सका राजेन्द्रकुमार शाक्यले ग्राहकले अत्यावश्यक भएमा मात्र सुन किन्ने गरेको बताए । थोक व्यापार १० देखि १५ प्रतिशत घटेको छ भने खुद्रा व्यापार लगभग शून्यमा झरेको छ, राजेन्द्रले भने ।
Friday, January 4, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment