काठमाडौं, पुस १७ - पारस खडकाको कप्तानीमा आईसीसी यू-१९ विश्वकप क्रिकेटका लागि नेपाल क्रिकेट संघले मंगलबार १५ खेलाडीको नाम घोषणा गरेको छ ।
फेब्रुअरी १७ देखि मलेसियाको क्वालालम्पुरमा सञ्चालन हुने प्रतियोगितामा नेपाली टिमको उपकप्तान ज्ञानेन्द्र मल्ल हुनेछन् । काठमाडौंमा सञ्चालन भइरहेको बन्द प्रशिक्षण शिविरबाट विजयकुमार शर्माको संयोजकत्वमा गठित राष्ट्रिय छनोट समितिले खेलाडी छनोट गरेको हो ।
छनोट भएका अन्य खेलाडीमा महेशकुमार क्षेत्री, राज श्रेष्ठ, अमृत भट्टर्राई, अभय राणा, आकाशकुमार गुप्ता, सागर खडका, अन्तिम थापा, रोम श्रेष्ठ, चन्द्र साउद, राहुलकुमार विक, अनिलकुमार मण्डल, पुष्प थापा र सुवास प्रधान छन् । वैकल्पिक खेलाडीको सूचीमा सुनम गौतम, सन्तोष बराल र निर्मल सिमनगैंडा छन् ।
प्रतियोगिताको तयारीका लागि नेपाली टिमले बंगलादेशमा अभ्यास म्याच खेल्नेछ ।
त्यसका लागि नेपाली टोली जनवरी २२ मा बंगलादेश जा“दैछ । नेपालले यू-१९ विश्वकपको पहिलो खेल फेब्रुअरी १८ मा श्रीलंकाविरुद्ध खेल्नेछ ।
नेपाल अस्ट्रेलिया, श्रीलंका र नामिबियास“गै समूह 'सी' मा छ । समूह 'ए' मा पाकिस्तान, जिम्बावे, न्युजिल्यान्ड र मलेसिया छन् भने समूह 'बी' मा भारत, वेस्ट-इन्डिज, दक्षिण अप्रिmका र पपुवान्युगिनी छन् । समूह 'डी' मा इंग्ल्यान्ड, बंगलादेश, बरमुडा र आयरल्यान्ड छन् ।
Wednesday, January 2, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment