काठमाडौं, पुस १९ - रोजगारीका लागि मलेसिया पुगेकामध्ये गत वर्षसन् २००७ मा २ सय ५२ नेपाली कामदारको मृत्यु भएको छ । क्वालालम्पुरस्थित नेपाली नियोगका अनुसार यसरी मर्नेमा २४ प्रतिशत मात्रै औद्योगिक दर्ुघटनामा परेका छन् ।
नियोगका उपप्रमुख हरिकुमार श्रेष्ठका अनुसार मृतकमा ५० प्रतिशतभन्दा बढी हृदयाघात, सडक दर्ुघटनासहितका कारणले ज्यान गुमाएका छन् । सन् २००६ मा भने जम्मा १ सय ९६ नेपाली कामदारको मात्रै मलेसियामा मृत्यु भएको थियो ।
'औद्योगिक दर्ुघटनाका हकमा मात्रै बिमासहितका सेवा सुविधा दाबी गर्ने सम्भावना बढी रहन्छ,' उपप्रमुख श्रेष्ठले कान्तिपुरस“ग फोनमा भने- 'अरू क्रोनिक डिजिज वा अस्वाभाविक मृत्युका अवस्थामा बिमा सुविधा खोज्न मिल्दैन ।'
मलेसियामा झन्डै ३ लाख नेपाली कामदार रहेको तथ्यांक छ ।
ँशवहरू रहनु स्वाभाविक’
उता खाडी मुलुकमा अस्वाभाविक मृत्यु भएका नेपाली कामदारको शव जिम्मेवारी लिने व्यक्ति/निकाय फेला नपर्दा हरेक साता केही दर्जन शव अस्पतालमा रहनु स्वाभाविक भएको रियादस्थित नियोगले बताएको छ ।
'मृत्यु भएको दर्ुइ/तीन सातासम्म प्रायोजक खोज्ने, पहिचान गर्ने र जिम्मेवारी सुम्पने कार्यमा समय लागिरहेको हुन्छ,' रियादस्थित नियोगका प्रथम सचिव लोकबहादुर थापाले कान्तिपुरस“ग फोनमा भने- 'त्यसबाहेक पहिचान हुन नसकेका र जटिलता रहेका २५/३० शवहरू सातैपिच्छे यहा“ रहेकै हुन्छन् ।' गत वर्षसाउदी अरेबियामा ३ सय १ नेपालीको मृत्यु भएको थियो
Friday, January 4, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment