महेन्द्रनगर, पुस १८ - भारतीय हिन्दुवादी संगठन हिन्दु जागरण मञ्चको पर््रदर्शनका कारण कञ्चनपुरस्थित नेपाल-भारत मुख्य सिमाना बुधबार दिनभरि तनावग्रस्त भयो । पर््रदर्शनका कारण दिउ“सो १२ देखि ३ बजेसम्म सीमाक्षेत्रमा आवागमनसमेत ठप्प भयो ।
गत साता माओवादी वाईसीएल टोलीले नेपाल-भारत विवादास्पद क्षेत्र अवलोकन गरेको विरोधमा भारतीय जनता पार्टर्ीीभाजपा) निकट मञ्चले विरोध पर््रदर्शन गरेका हुन् । गत मंगलबार भाजपा समर्थित अखिल भारतीय विद्यार्थी परिषद्ले पर््रदर्शन गरेको थियो । परिषद्ले ब्रह्मदेवमा र हिन्दु मञ्चका कार्यकर्ताले गड्डाचौकी सिमानानजिकको वनवासा पुलछेउमा पर््रदर्शन
गरेका थिए ।
पर््रदर्शन नेपाली सीमाक्षेत्रभन्दा टाढै भएकाले बुधबार अप्रिय घटना भएन । अघिल्लो दिन परिषद्् कार्यकर्ताले नेपालीले आफ्नो दाबी गर्दै आएको क्षेत्रमा पर््रदर्शन गर्न खोज्दा सुरक्षाकर्मी र स्थानीयवासी बीच केहीबेर झडप भएको थियो । पर््रदर्शनकारीले प्रहार गरेको ढुंगा लागी ब्रह्मदेवका ६० वषर्ीय गोपाल धामी घाइते भएका थिए ।
पर््रदर्शनमा करिब २ सय जना थिए । नेपाली सीमाक्षेत्र दसगजातर्फअघि बढ्न भारतीय सुरक्षाकर्मीले रोकेपछि उनीहरू वनवासा पुलछेवैमा रोकिए । त्यही“ कोण सभा गरे ।
सभाका वक्ताले नेपाली जनता र नेपालप्रति कुनै विरोध नभएको बताउ“दै 'माओवादीले सीमाक्षेत्रमा आतंक फैलाउन खोजेकाले सचेत गराउन विरोधमा उत्रेको दाबी गरे ।
प्रमुखवक्ता हिन्दु जागरण मञ्च उत्तराखण्डका अध्यक्षर् इश्वर पाल चौहानले चीनको इशारामा नेपालका माओवादीले भारतको उत्तराञ्चलदेखि दक्षिण आन्ध्र प्रदेशसम्म रेड करिडर बनाएर आतंक फैलाउन खोजेको आरोप लगाए । 'हामी यस्तो कदापि हुन दिन्नौ,' उनले भने ।
Wednesday, January 2, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment