Monday, January 14, 2008

कांग्रेस नेताहरुद्वारा आमसभा बहिष्कार

सात दलद्वारा राजधानीमा आयोजित सभालाई कांग्रेसका केही वरिष्ठ नेताहरुले बहिष्कार गरेका छन् ।
नेपाली कांग्रेसका नेताहरुको एउटा समूहले पुष ३० गते राजधानीमा भएको सात दलको आमसभा घोषितरुपमै बहिष्कार गरेको छ । महामन्त्री केबी गुरुङ्गको नेतृत्वमा रहेको यो समूहले पार्टी माओवादीको एजेण्डामा फँस्नु सभा बहिष्कार गर्नुको कारण बताएको छ । सभामा गुरुङको समूहमा रहेका गोविन्दराज जोशी, विजय गच्छदार, खुमबहादुर खड्का, चिरञ्जिवी वाग्ले, विनयध्वज चन्द, सुनिल भण्डारी कोही उपस्थित भएनन् । गुरुङहरुको पक्षमा रहेका सांसदहरु देवेन्द्रराज कँडेल, शिव वस्नेत, ज्ञानु केसी, केशव थापा, मंगलप्रसाद थारु पनि सभामा गएनन् । सांसद कँडेलले कांग्रेसका दर्जनौ सांसदहरुले आमसभा बहिष्कार गरेको दावी गरे । पूर्व मन्त्री तथा कांग्रेस नेता चिरञ्जिवी वाग्लेले सात दल संयुक्त भएर चुनावमा जानु सिद्धान्तत गलत भएकाले आफूहरु आमसभामा नगएको बताए ।

No comments: