Tuesday, January 1, 2008

'छिट्टै महिला प्रधानमन्त्री'

काठमाडौं, पुस १६ - प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देशमा छिट्टै महिला प्रधानमन्त्री हुने आफ्नो पार्टर्ीीेपाली कांग्रेसका महिला नेतृ तथा कार्यकर्ताहरूलाई आश्वासन दिएका छन् । पार्टर्ीीम्बद्ध महिला संघले धापासीस्थित केन्द्रीय कार्यालयमा मेलमिलाप दिवस अवसरमा सोमबार गरेको चियापानमा महिलाहरूलाई संक्षिप्त सम्बोधन गर्दै कोइरालाले भने- 'संविधानले राज्यका सबै निकायमा महिला -सहभागिता) लाई ३३ प्रतिशत ग्यारेन्टी गरेको छ । अब छिट्टै महिला प्रधानमन्त्री हुन्छन् । त्यतिबेलासम्म महिला प्रतिनिधित्व ५० प्रतिशत पुग्छ ।' उनले महिलालाई सबै क्षेत्रमा उत्साही भएर लाग्नसमेत आग्रह गरेका थिए ।

No comments: