Friday, January 11, 2008

सरकारले आज संविधानसभा निर्वाचनको मिती घोषणा गर्ने

सरकारले आज संविधानसभा निर्वाचनको मिति घोषणा गर्ने भएको छ ।
दलहरुबीचको सहमतिअनुसार चैतमा निर्वाचन गर्ने प्रावधान अन्तरिम संविधानमा उल्लेख गरिएपछि सरकारले आज निर्वाचनको मिति घोषणा गर्न लागेको हो ।
त्यसका लागि मन्त्रिपरिषदको बैठक आज अपरान्ह ३ बजे सिंहदरबारस्थित मन्त्रिपरिषदको कार्यालयमा बस्ने कार्यक्रम रहेको छ।
सो बैठकले निर्वाचन मिति घोषणा गर्ने सरकारका एक मन्त्रीले जानकारी दिएका छन् । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निर्वाचनको मिति आज घोषणा हुने बताउँदै आउनु भएको थियो ।
सरकारले संविधानसभा निर्वाचनको मिति घोषणा गर्न लागेको यो तेस्रो पटक हो । यसअघि दुई पटक घोषणा गरिएको मितिमा निर्वाचन हुन नसकेपछि सरकारले आज तेस्रो पटक मिति घोषणा गर्न लागेको हो ।
यसअघि सरकारले पहिलो पटक जेष्ठ मसान्तभित्र र दोस्रो पटक मंसिर ६ गते निर्वाचन गर्ने घोषणा गरेको थियो

No comments: