Friday, January 11, 2008

अदुवाले बढायो आम्दानी

गुल्मी, पुस २६ - गुल्मीका युवा कृषक विष्णु भण्डारीले अदुवा खेतीबाट प्रशस्त आम्दानी मात्र लिएका छैनन्, काम खोज्दै विदेशिन लागेका साथीहरूलाई समेत यही पेसामा लगाउन थालेका छन् । अर्का कृषक चो लानाथ ज्ञवालीले पनि उनकै बाटो पछ्याएका छन् ।
हु“गा गाविस-२ का यी जा“गरिला कृषकको प्रेरणामा अहिले त्यस क्षेत्रका ५० युवा अदुवा खेतीमा छन् । अदुवाबाट भण्डारीले वाषिर्क २ र ज्ञवालीले ७ लाख रुपैया“सम्म कमाउ“दै आएका छन् ।
गुल्मीको थानपति, दिगाम, बलेटक्सार, हु“गा, हर्दिनेटालगायत १२ गाविसमा अदुवा खेती हु“दै आएको छ । भारतमा समेत निकासी हुन थालेपछि एक वर्षता अदुवा खेतीमा लाग्नेको संख्या बढेको छ । हु“गा-५ का अर्का अदुवा कृषक बमबहादुर विक वर्षा १ लाखसम्म आम्दानी गर्न थालेका छन् । 'मलेसिया जान ठिक्क थिए“,' उनले भने- 'तर त्यही पैसा लगानी गरी थालेको खेतीबाट यही“ आम्दानी हुन थालेको छ ।' जिल्लामा व्यावसायिक रूपमा अदुवा खेती गर्नेको संख्या करिब तीन सय पुगेको छ । पशुपति न्यौपानेका अनुसार त्यहा“बाट मात्रै अहिलेसम्ममा १ करोड रुपैया“भन्दा बढीको अदुवा निकासी भएको छ ।
गुल्मीमा गत वर्ष२ करोडको अदुवा बिक्री भएको थियो । यस वर्षमूल्य बढ्ने आशामा धेरै कृषकले बारीबाट अदुवा निकालेका छैनन् । तैपनि झन्डै ३ करोडको अदुवा निकासी भइसकेको छ । गत वर्ष१ हजार ५ सय ८७ मेटि्रक टन उत्पादन भएकामा यो वर्ष२ हजार मेटि्रक टनसम्म पुग्ने अनुमान छ । जिल्लामा २ सय २६ हेक्टरमा अदुवा खेती हु“दै आएको छ । 'कृषकहरूलाई प्रोत्साहित गर्न थप कार्यक्रम अघि बढाउने तयारीमा छौं,' कृषि विकासका वरिष्ठ अधिकृत मोहनलाल श्रेष्ठले भने ।
त्यस्तै पाल्पा मुझुङ गाविसका रामबहादुर कार्कीले यस वर्षअदुवाबाट १ लाख २० हजार आम्दानी गरे । उनले आफ्नो बारीमा पहिले मकै खेती गर्दा १० हजार पनि कमाइ हु“दैनथ्यो । 'अदुवा खेतीले नगद फल्ने रहेछ,' उनी भन्छन्- 'किन विदेशिनु पर्‍यो -'
सहजै बजार पाइने भएकाले यसतर्फकिसान आकषिर्त भएको ग्रामीण आर्थिक विकास संघ, रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए । पाल्पामा अदुवा खेती गर्ने कृषकको समूह २ सय १९ पुगेको छ । ३ हजार कृषकले अदुवाखेती गरिरहेको कृषि विकास कार्यालयले जनाएको छ । पाल्पामा १ हजार २ सय ३० हेक्टर जमिनमा अदुवा खेती हुने गरेको छ ।
त्यस्तै तनहु“बाट पनि अदुवा निकासी हुन थालेपछि यस वर्षउत्पादन दोब्बर भएको छ । मूल्य पनि तीन गुणा बढेको छ । अघिल्ला वर्षा नेपालमै मात्र खपत हु“दा प्रतिधार्नी १२ देखि १५ रुपैया“मा बिक्री हुने अदुवाले यो वर्षभारतमा समेत बजार पाउन थालेपछि ४० देखि ४५ रुपैया“सम्म मूल्य पाएको छ । यहा“को अदुवा भारतको दिल्ली, आजादपुर, बनारस, कानपुर, लखनऊलगायतका सहरहरूसम्म पुग्ने गरेको छ । जिल्ला कृषि कार्यालयका अनुसार तनहु“मा ४ सय ९० हेक्टरमा करिब ४ हजार ७ सय मेटि्रक टन अदुवा उत्पादन हुन्छ । कार्यालयका वरिष्ठ अधिकृत विष्णुप्रसाद अर्यालले यो वर्षदोब्बर उत्पादन भएको बताए । गत वर्ष२ करोड ६० लाख रुपैया“ बराबर उत्पादन भएकामा यस वर्षकरिब ७ करोड ५० लाख पुगेको छ ।
दक्षिणी माझकोट, ऋषिङरानीपोखरी, कोटदरबार, साभुङभगवतीपुर, घिरिङसुन्धारा, किहु“, अरुणोदय, राम्जाकोटलगायत गाविसमा बढी अदुवा उत्पादन हुन्छ । अदुवा संकलन केन्द्र बनेको भिमादमा अहिले किनबेच गर्नेको भीड लागेको छ । पाल्पाबाट उत्पादित अदुवाको सुठो नेदरल्यान्डसम्म पुग्ने गरेको छ । गत वर्ष१४ लाखको सुठो नेदरल्यान्ड पठाइएको थियो भने १० करोड ३४ लाखको अदुवा निकासी भएको थियो । यस वर्षअहिलेसम्ममा ८ करोडको अदुवा भारत निकासी भइसकेको छ ।

No comments: