राजास“ग कत्तिको भेटघाट हुन्छ -
सरकारस“ग भेटघाट नहुने होइन । समारोहहरूमा भेटघाट हुन्छ । मन लाग्यो भने कहिलेकाही“ आफै“ पनि बिन्ती गर्छर्ुु
पार्टर्ीीले गणतन्त्र घोषणा गरे, कस्तो लाग्यो -
यो निर्ण्र्ााा कुनै औचित्य, संवैधानिकता र तर्क छैन । त्यस्ता कुरा कसले मान्छ - अहिलेको संसद् नै असंवैधानिक हो । सांसदहरू पनि निर्वाचित होइनन् । यो त जङ्गबहादुरले गरेभन्दा बढी भयो ।
संसद्ले गरेको कुराको पनि औचित्य छैन -
यो संसद् राजाले खडा गरििदएका हुन् । संसद् खडा गरििदने राजाले तर त्यसैले राजाको सबै शक्ति झिकिदिने, यस्तो पनि कही“ हुन्छ - यो त हरलिठ्ठक काम भयो ।
यसमा राजाको प्रतिक्रियाचाहि“ के पाउनुभएको छ -
निर्ण्र्ााो औचित्य भए न प्रतिक्रिया दिने हो † औचित्य नै नभएको निर्ण्र्ााा के प्रतिक्रिया दिने - तपाईंको नाम काटिदिन्छु, तपार्इंले खाइपाइ आएको सेवा-सुविधा हडप्छु भन्छ भने के भन्ने - हावा खुस्केको मानिसले गरेको कुरास“ग के तर्क गर्ने - त्यही भएर राजा चुपचाप लागिबक्सेको छ ।
यति हु“दा पनि दरबार मौन बसिरहनुले सबै निर्ण्र्ाास्वीकारेको दर्शाउ“दैन र -
तथ्य, सत्य र संवैधानिकता नै नभएको कुरामा के टिप्पणी गर्ने - किन टिप्पणी गर्ने - अहिलेका प्रधानमन्त्री -गिरजिाप्रसाद कोइराला) राजाबाट शपथ लिएका व्यक्ति हुन् । हामीले बुझ्न नसकेको कुरा, उनले आफै“लाई कसरी जङ्गबहादुर घोषणा गरे -
पछिल्लोपटक त राजाकहा“ गएनन् नि -
पछिल्लो भनेको कहिले - उनी अहिलेसम्म राजाले तोकेका प्रधानमन्त्री हुन् । आफूले आफै“लाई प्रधानमन्त्री बनाएर राजाकहा“ शपथ गर्न नगएदेखि नै नियम, कानुन र संविधानको उल्लङ्घन सुरु भयो । अन्तरमि संविधानमा -राजाका बारेमा) संविधानसभाले निर्ण्र्ाागर्छ भनेर लेख्ने अनि अर्को घोषणा गर्ने≤ त्यसको के मतलब भयो -
तपाईं पार्टर्ीीको यस्तो चर्को विरोध किन गर्नुहुन्छ -
मैले त राजावादी भएकाले विरोध गरे“ हु“ला । तर, विदेशीहरूस“ग कुरा गर्नोस् न † उनीहरू त अहिलेको सरकारलाई सिल्पट -मर्ूख) भन्छन् ।
नेताहरूस“ग त विदेशीले राम्रै भइरहेको छ भन्छन् रे -
'डिप्लोमेसी' भनेकै त्यही हो ।
जनताले त सात दललाई नै साथ दिएका छन् नि -
जनतालाई लोकतन्त्र भनेको त जङ्गबहादुरतन्त्र पो ल्याएछा“ै कि भन्ने परेको छ । सात दलले कुन प्रजातान्त्रिक प्रक्रिया अपनाएका छन् - एउटा पार्टर्ीीग हातहतियार हुने, सरकारको हातहतियारचाहि“ ब्यारेकमा राखिदिने । यस्तो पनि हुन्छ -
यसबारे दरबारको प्रतिक्रिया किन नआएको होला -
राजाले केही भन्नेबित्तिकै अब यही संसद्ले गणतन्त्र घोषणा गर भन्न थाले भने के गर्ने -
त्यही डरले राजा चुप लागेका हुन् त -
डर हो कि के हो - हामी लागेको कुरा राजालाई सुनाउ“छौ“ । तर, राजाबाट ठीक/बेठीक भन्ने प्रतिक्रिया आउ“दैन ।
राजास“ग कस्ता कुरा गर्नुहुन्छ त -
परििस्थतिको ब्रिफिङ् गर्छु । जनताले दुःख पाएको, हैकम बढेको, जङ्गबहादुर शैलीले काम भएको, आर्थिक स्थिति डा“वाडोल भएको, मुलुकमा ऐन-कानुन नभएको विषयमा जाहेरी गर्छर्ुु राजा गम्भीर होइबक्सिन्छ । कतिपयले मौसूफको मौनतालाई आ“धी आउनुअघिको सन्नाटा पनि भन्छन् ।
नेपाली सेना त राजाप्रति बफादार देखिएन नि -
सरकारमा जो छ, त्यसस“ग सेनाको सम्बन्ध रहन्छ । आतङ्कवादीलाई मन्त्री बनाएपछि सेनाले चाहि“ उस“ग किन कुराकानी नगर्ने -
सेनाको बफादारी पार्टर्ीीतिर देखिएको हो कि होइन -
मलाई के थाहा - म अहिले सेनामा छैन । सेनाको चिफसाहेबले नै राष्ट्र, राष्ट्रियता र संवैधानिकतामा सेना कटिबद्ध छ भन्नुभएको छ ।
भनेपछि सेनाले राजालाई र्समर्थन गर्न छाड्दैन -
दर्ुइ करोड ५० लाख जनताले संविधानसभामार्फ मतदान/जनमतसङ्ग्रह भएर गरे एउटा कुरा । नत्र कसले मान्छ -
संविधानसभाको बहुमतले राजा नराख्ने भन्यो भनेचाहि“ मान्नुहुन्छ -
मान्नुपर्यो नि † किन नमान्ने - तर, त्यो निर्वाचन निष्पक्ष हुनर्ुपर्छ । अन्तर्रर्ााट्रय समुदायको सुपरीवेक्षणमा हुनर्ुपर्छ । त्यस्तो परण्िाामलाई प्रजातन्त्रवादी हो भने मान्नुपर्यो, होइन भने माओवादीले झै“ हतियार उठाउनुपर्यो ।
चैतमा संविधानसभाको चुनाव होला कि नहोला -
अहिलेको हिसाबमा त ज्यान जाला हु“दैन । तर्राईलाई छाडेर काठमाडौ“मा मात्रै गर्ने हो र -
तर्राईमा त राजाले उक्साए रे नि -
जे भने पनि हुन्छ - एउटा एसएमएस जोक- तपाईंको घरमा पेट दुख्यो भने पनि राजाले गर्दा भन्नेसम्मको कुरा आयो । यस्तो हु“दा पनि राजा किन चुप लागेर बसेका छन् - म आफै“ आर्श्चर्यमा परेको छु ।
कार्यान्वयनमा अस्पष्टता
अन्तरिम संसद्को घोषणाले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र त भइसक्यो तर यसको कार्यान्वयन गर्ने प्रक्रियामा भने केही अस्पष्टता देखिन्छ । जस्तो- संविधानसभा बैठकको साधारण बहुमत वा दर्ुइतिहाइ बहुमत केका आधारमा यसको कार्यान्वयनसम्बन्धी निर्ण्र्ाागर्ने - संशोधनमा संविधानसभाको पहिलो बैठकले गणतन्त्रको कार्यान्वयन गर्ने मात्र उल्लेख छ ।
अन्तरिम संविधानका एक मस्यौदाकार एवम् नेपाल बार एसोसिएसनका पर्ूवअध्यक्ष शम्भु थापा संविधानसभाले संसद्को यस निर्ण्र्ाााई कसरी लिन्छ, त्यसैमा भर पर्ने बताउ“छन् । भन्छन्, "यो उधारो लेखाइ मात्र हो । संविधान बनाउन संविधानसभा सदस्यहरू पर्ूण्ा स्वतन्त्र छन् । उनीहरूले पर्ूवर्सत नै मान्छन् भन्ने ग्यारेन्टी छैन ।"
नेकपा एमालेका स्थायी समिति सदस्य भरतमोहन अधिकारी पनि कार्यविधि तोक्ने अधिकार संविधानसभाकै भएकाले त्यसमा नबोलिएको स्वीकार्छन् । तर, साधारण बहुमतले त्यस्तो निर्ण्र्ाागर्न सक्ने बताउ“छन् । नेपाली काङ्ग्रेसका प्रवक्ता अर्जुननरसिंह केसी भने यो व्यवस्था संविधानसभाका लागि आदेश वा निर्देश नभएको उल्लेख गर्छन् । भन्छन्, "यो हाम्रो प्रतिबद्धता मात्रै हो किनभने हामी संविधानसभालाई निर्देश गर्न सक्दैनौ“ ।"
Monday, January 7, 2008
ँआ“धी आउनुअघिको सन्नाटा हुनसक्छ’
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment