Wednesday, January 2, 2008

सेना समायोजनबारे माओवादीमा मतभेद

काठमाडौं, पुस १८ - अस्थायी शिविरका माओवादी लडाकुले सात दलको सहमतिमा असहमति जनाएपछि अध्यक्ष प्रचण्डले तेस्रो डिभिजन कमान्डर कालीबहादुर खाम 'विविध' लाई राजधानी बोलाएर सम्झाएका छन् ।
प्रमाणीकरण भएकालाई बेलैमा तलब दिई समायोजन गर्ने, अयोग्य ठहरिएकालाई भरणपोषण गरी घर पठाउने सात दलको सम्झौतालाई लिएर तेस्रो बरियाताका नेता रामबहादुर थापा 'बादल' लगायतले असहमति जनाएका छन् । यही सिलसिलामा उनी र नेत्रविक्रम चन्द 'विप्लव' तीन दिनअघि नवलपरासीको चौथो डिभिजन पुगेका थिए ।
'हामी मुक्त भएर मात्र र्फकने
छौं । मुिक्तअगाडि कसैले फर्काउन चाहन्छ भने ऊ आपै+m सत्ताबाट र्फकनुपर्ने छ', कट्टरपन्थीका रूपमा चिनिने नेत्रविक्रम चन्द 'विप्लव' ले सहमतिलाई लिएर पार्टर्ीीेतृत्वको आलोचना गर्दै भनेका छन् ।
'अयोग्यलाई घर फर्काउने भन्ने शब्द नराखेको भए हुन्थ्यो भन्ने थुप्रै प्रतिक्रिया आएको छ,' डेपुटी कमान्डर चन्द्र खनाल 'बलदेव' ले भने- 'घर फर्काउने त भनिएको
छ । तर कसरी गर्ने त्यो लेखिएको छैन ।' व्यवहारतः कार्यान्वयन
कसरी गर्नेबारे पार्टर्ीीरकारस“ग छलफल हुन बा“की रहेको उनले जानकारी दिए ।
मतभेद सुल्झाउन सम्भवतः शनिबार केन्द्रीय समिति बैठक बस्ने जानकारी नेताहरूले दिए । 'चुनावमा जाने नजाने विषयभन्दा पनि सेना समायोजन कसरी र कहिले गर्ने भन्नेमा मतभेद छ,' स्रोतले भन्यो । सरकारलाई बाहिर रहेरै सहयोग गनर्ुर्ुर्े किरण, बादल, विप्लव आदि नेताको राय छ ।
मतभेदकै कारण प्रकाशन विभाग इन्चार्जसमेत रहेका बादल र विप्लव पक्ष्ँधरका महेश्वर दाहाल सञ्चार मन्त्रालयको सञ्चार सल्लाहकारमा फर्केका छैनन् । पार्टर्ीी राजीनामा अघिका सबैलाई यथास्थानमा फर्काउने निर्ण्र्ाागरेको थियो । दाहालले भने- 'र्फकने वा नर्फकने निर्ण्र्ाालिएको छैन ।'

No comments: