विश्वको सर्वच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम आरोही सर एडमण्ड हिलारीको ८८ वर्षको उमेरमा आज निधन भएको छ ।
सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पासंगै न्युजिल्याण्डका हिलारीले सगरमाथा आरोहण गर्नुभएको थियो ।
९ महिना अघि नेपाल भ्रमणमा आएका हिलारी त्यस समय अकस्मात अस्वश्थ भएपछि नियमित स्वास्थ्य उपचारमा हुनुहुन्थ्यो । सगरमाथाको सफल आरोहण पछि उँहाले ६० को दशक सम्म अन्य १० ओटा हिमालको समेत आरोहण गर्नुभएको थियो ।
सगरमाथाको आरोहण पछि नेपालको खुम्बु क्षेत्रका शेर्पाहरुको जिवन उत्थानमा सहयोगी बन्दै आएका हिलारीलाई नेपालले उँहाको योगदानको कदर गर्दै ४ वर्ष अघि मानार्थ नेपाली नागरिक घोषणा गरेको थियो । हिलारीले सगरमाथा आरोहणमा आफ्नो सहयोगी बनेका तेन्जिनका को जन्मस्थल सोलुखुम्बुमा झण्डै ३० ओटा विधालय तथा स्वास्थ्य संस्थाको स्थापना गरी नेपाललाई गुण लगाउनुभएको छ ।
हिलारीको म्रितुप्रति शोक व्यक्त गर्दै न्युजिल्याण्डका प्रधानमन्त्रि हेलेन क्लार्कले एक विर नायकको अवशान भएको प्रतिक्रिया दिनुभएको छ । सन् १९१९ मा न्युजिल्याण्डको अक्लेनमा जन्मेका हिलारीले दोश्रो विश्व युद्वपछी विमान चालकका रुपमा समेत काम गर्नुभएको थियो ।
Friday, January 11, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment