Thursday, January 31, 2008

विश्व बैकको १६ अर्ब सहयोग

नेपालको ग्रामिण क्षेत्रको विकासका लागि विश्व बैंकले १६ अर्ब रुपैयाँ सहयोग गरेको छ । ग्रामिण क्षेत्रका विकास जनताको सशक्तिकरण र आयआयर्जन बढाउने कार्यका लागि विश्व बैंकले यो सहयोग गरेको हो । सहयोग ग्रामिण सडक र सिँचाइको पूर्वाधार तयार गर्न केन्द्रीत हुने बताइएको छ । विश्व बैंकले सबैका लागि शिक्षा कार्यक्रमका लागि पनि सहयोग रकम छुट्याएको छ । आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव विद्याधर मल्लिक र विश्व बैंकका नेता प्रतिनिधि सुसान गोल्डमार्कले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

No comments: