Wednesday, January 2, 2008
गभर्नरको मुद्दा लम्बियो
३ जनवरी, ०८ । राष्ट्र बैंकका निलम्बित गभर्नर विजयनाथ भट्टराई विरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा अस्वाभाविक रुपमा लम्बिंदै जाँदा केन्द्रिय बैंकको नियमित नोट निष्काशन कार्य प्रभावित भएको छ। उनी विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६ महिनाअगाडि दायर गरेको उक्त मुद्दामा मंगलबार पुन: विशेष अदालतले एकजना न्यायाधीश विदामा बसेको भन्दै मिति सारिएको हो । ऐनले नोटमा गभर्नरकै हस्ताक्षर हुनुपर्छ भनेकाले राष्ट्र बैंकको बोर्डले मन्त्रीपरिषदमा कामु गभर्नरलाई हस्ताक्षर गर्न दिन गरेको प्रस्ताव अझै पारित नहुँदा अरबौंको छापिएको नोट त्यसै अलपत्र परेको अधिकारीहरुले बताएका छन्। करीब दुई करोडको भ्रष्टाचार सम्बन्धी मुद्दालाई मंगलबार विशेष अदालतले चौथो पटक पेशी सार्दै अर्को पेशी पुस २९ गते हुने बताएको छ । महत्वपूर्ण मानिएको उक्त मुद्दा लम्बिंदै गएपछि केन्द्रिय बैंकको दैनिक कामकाज हाल कार्यरत कामु गभर्नरबाटै हुँदै आएपनि नयाँ छापिएका नोटहरुमा हस्ताक्षर कसको रहने भन्ने समस्या आइपरेको बैंक श्रोतको दाबी छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment