Monday, January 14, 2008

चार बिघा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट

उदयपुर, ३० पुस । उदयपुर जिल्लाका सोरुङछविसे, ओख्ले र रूपाटार गाउँ विकास समितिका विभिन्न स्थानमा लगाइएको अवैध गाँजाखेती जनपथ प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय, कटारीबाट खटिएको गस्ती टोलीले ती गाविसका चार बिघा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरेको प्रहरी निरीक्षक मनोज यादवले बताउनुभयो । ती गाविसहरूमा अवैध रूपमा गाँजाखेती गरिएको जानकारीका आधारमा प्रहरी ती गाविसहरूमा पुगेको थियो ।उदयपुर जिल्लाका करिब डेढ दर्जन पहाडी गाविसमा व्यावसायिक रूपमा गाँजाखेती हुँदै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सशस्त्र द्वन्द्वका समयमा प्रहरीचौकीहरू विस्थापित भएपछि ती गाविसहरूमा गाँजाखेती बढेको हो । पुनःस्थापित प्रहरीचौकीहरूमा दरबन्दीभन्दा ७० प्रतिशत न्यून सङ्ख्यामा प्रंहरी जनशक्ति रहेका कारण गाँजाखेती पुर्ण रूपमा नष्ट गर्न नसकिएको प्रहरीले बताएको छ । उदयपुर जिल्लाका दर्गम गाविसमा मात्रै रु.तीन करोड मूल्यबराबरको गाँजाखेती लगाइएको हुनसक्ने प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

No comments: