Wednesday, January 2, 2008

खाडीमा वर्षा ५ सय नेपालीको मृत्यु

काठमाडौं, पुस १७ - खाडी मुलुकमा काम गर्न गएकामध्ये पा“च सयभन्दा बढी नेपाली कामदारको बितेको वर्षसन् २००७ मा मृत्यु भएको छ ।
खाडीका साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्समा मृत्यु भएको यो संख्यामध्ये ५० प्रतिशतभन्दा बढीले अस्वाभाविक मृत्युवरण गरेका छन् । दर्ुइ लाखभन्दा बढी कामदार रहेको साउदी अरेबियामा तीन सय एक जनाको मृत्यु भएको रियादस्थित नेपाली नियोगले जनाएको छ । 'सबैभन्दा संवेदनशील तथ्य के छ भने घरेलु महिला कामदारलाई यहा“ आउन नेपाल सरकारले अनुमति नदिए पनि गत वर्ष१२ महिलाको निधन भएको छ,' रियादस्थित नियोगका कार्यवाहक राजदूत प्रकाशकुमार सुवेदीले कान्तिपुरस“ग मंगलबार फोनमा भने- 'त्यसमा पनि आठ जनाले आत्महत्या गरेका छन् ।' साउदीमा अनुमानित १० हजारको संख्यामा महिला कामदार रहेका छन् ।
यस्तै, झन्डै २ लाख ६६ हजार नेपाली कामदार रहेको कतारमा गत वर्ष१ सय ५३ कामदारको निधन भएको छ । दोहास्थित नियोगका उपप्रमुख रामकाजी खड्काका अनुसार मृत्यु हुनेमध्ये सबैभन्दा बढी ६३ प्रतिशत हृदयाघातको कारण छ । कतारमा सहज रूपमा मर्नेको अनुपात मुस्किलले ५ प्रतिशत मात्रै छ । यसैगरी, ८० हजारभन्दा बढी कामदार रहेको संयुक्त अरबमा सबैभन्दा थोरै ४९ जनाको निधन भएको छ । 'यहा“ ४८ प्रतिशत कामदारको मात्रै सहज रूपमा निधन भएको छ,' आबुधावीस्थित नियोगका द्वितीय सचिव प्रकाशमणि पौडेलले भने- 'अरू भने काम गरिरहेका अवस्थामा असुरक्षाका कारण र सडक दर्ुघटनामा भएको देखिन्छ ।'
रियाद नियोगका उपप्रमुख सुवेदीका अनुसार साउदीमा मर्नेमा ४९ प्रतिशतको मात्रै सहज मृत्यु भएको छ । 'यहा“ २८ प्रतिशत सडक दर्ुघटना, १३ प्रतिशत काम गर्दाको असुरक्षा र १० प्रतिशत आत्महत्याबाट मरेका छन्,' उनले भने । अर्को संवेदनशील सूचांक रहेको कतारमा ६ प्रतिशतले आत्महत्या, २४ प्रतिशत काम गर्दाको असुरक्षा र १५ प्रतिशत सडक दर्ुघटनामा परेका छन् ।
परराष्ट्र मन्त्रालयमा खाडी क्षेत्र हर्ेर्ने शाखा अधिकृत खड्गप्रसाद दाहालले यो क्षेत्रमा भइरहेको कामदारको असहज मृत्युबारे परराष्ट्र मन्त्रालयले जानकारी पाइरहेको बताए । 'रियादस्थित नियोगले कामदार सुरक्षा र असहज स्थितिबारे एक अध्ययन प्रतिवेदन पनि तयार पारेको छ,' उनले भने- 'त्यसमा कामदार सम्बन्धित मुलुकमा जानुअघि सुरक्षासहितको अरू वस्तुस्थिति जानकारीमा कमी रहेको टिप्पणी उल्लेख छ ।'

No comments: