Sunday, January 6, 2008

राजधानीमा दिन दाहाडै १३ लाख लुटियो

राजधानीको नँया वानेश्वरमा आज दिनदाहाडै एक व्यक्ति नाटकिय ढङ्गले लुटिएका छन् ।
लुटिनेमा क्रितिका ईन्टरनेशनलका नेपालका प्रकाश थापा रहेका छन् । वैँकबाट १३ लाँख रकम झिकेर निजी कारमा कुपण्डोल तर्फ आउदै गरेका भक्तपुर कटुन्जेको प्रकाश थापाको रकम ववरमहल नजिकै बाट लुटिएको प्रहरिले जनाएको छ ।
पिडित थापाका अनुसार ११ वज्नै लाग्दा रकम झिकेर कारमा चडे लगत्तै पार्किङ स्थलमा रहेका दुई सङ्काशपद व्यक्तिहरुले टाएर पन्चड भएको भन्दै पछयाउने खोजेका थिए ।
उनिहरुलाई वास्तै नगरी कृष्ण टावर नजिकैको साथिको पशल पुगेर टाएर फेर्न लाग्दा गाडी भित्र रहेको व्याग चोरिएको उनको दावि छ । थापा रकम लिएर क्रितिका ईन्टरनेशनल आउदै थिए ।

No comments: