Friday, January 4, 2008
हतियार तथा गाँजासहित ललितपुरबाट १२ जना पक्राउ
सशस्त्र प्रहरी बल दक्षिणकाली गण बलम्बुबाट खटिएको थपमद्दत सुरक्षापरिचालन टोलीले सोमबार राति ललितपुरको पाटनढोका तथा लामाटारबाट खुकुरी, चुप्पी तथा गाँजासहित १२ जनालाई पक्राउ गरी राति नै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ । एपिएफ टोलीले पाटनढोका इलाकाबाट खुकुरीसहित नौ जनालाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट खुकुरी एकथान तथा चुप्पी एकथान बरामद गरेको भएको थियो ।पक्राउ पर्नेहरुमा बाँके फुलटेग्रा १२ बस्ने रुपक शर्मा, नुवाकोट चौगडा १ बस्ने सरोज र्राई, लमजुङ बिधौरा १ बस्ने रमेश न्यौपाने, कपिलबस्तु इमोलियाका पवन खनाल, अर्घर्ाांची खनदहका अशोक पोख्रेल, ललितपुर धौघरे ४ बस्ने उमेशकुमार महत, डडेलधुरा समैजि ३ का दिपक भण्डारी, लमजुङ विचौर ६ बस्ने दामोदर न्यौपाने र काठमाडौ त्रिपुरेश्वर बस्ने विजय डंगोल छन् ।एपिएफ टोलीले त्यसवेला उनीहरुको साथबाट बरामद भएको ६ थान मोवाइल सेट समेत प्रहरीलाई बुझाएको छ । यसैगरी उक्त गणबाट खटिएको सोही टोलीले सोमबार रातिनै लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउपर्नेहरुमा ललितपुरको लामाटार १ बस्ने चन्द्रमाया तामाङ तथार् इमाडोल ५ बस्ने निरञ्जन भण्डारी र नविन सुवेदी रहेका छन् । उक्त टोलीले ललितपुरको लामाटार इलाकाबाट करीब एक के.जी. छ सय ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपरेका तीनैजनालाई आवश्यक कारवाहीकोलागि स्थानीय प्रहरीमा रातिनै बुझाईएको छ । एपिएफ टोलीद्वारा अवैध चोरीपैठारीको सामान बरामद सिरहा, सशस्त्र प्रहरी बल निर्वाचन सुरक्षा वेश लहानबाट खटिएको एपिएफ टोलीले सिरहा जिल्लाको धनगढी गाविसमा जाँचगर्नेक्रममा सोमबार करीब डेढलाख रुपैयाँ बराबरको अवैध चोरीपैठारीको सामान बरामद गरेको छ । बरामद गरिएको सामानहरुमा २८ बोरा गुट्खा -पराग) रहेको छ । उक्त सामान को.१ च २४६६ नम्बरको पिकअप भ्यानमा राखेर लैजादै गरेको अवस्थामा एपिएफ टोलीले बरामद गरेको हो । भन्सार छली ल्याईएको चोरीपैठारीको उक्त सामान लहानतर्फलैजान लागिएको बताईएको छ ।एपिएफ टोलीले बरामद सामान तथा भ्यानलाई आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । एपिएफ टोलीद्वारा लागूऔषध गाँजा बरामद सिरहा, सशस्त्र प्रहरी बल निर्वाचन सुरक्षा वेश सुखीपुर सिरहाबाट खटिएको एपिएफ टोलीले करीब ३० के.जी. लागूऔषध गाँजा बरामद गरेको छ । सिरहा जिल्लाको हरकट्टी गाविस ५ स्थित कुण्डलपुरटोल नजिकको खोलाबाट एपिएफ टोलीले उक्त गाँजा बरामद गरेको हो ।स.१ प १७५१ नम्बरको मोटरसाइकलमा राखेर उक्त गाँजा लैजादैगरेको व्यक्तिले एपिएफ टोलीलाई देख्नासाथै मोटरसाइकल तथा गाँजाले भरिएको बोरा छाडी भागेपछि मोटरसाइकलसहित उक्त गाँजा बरामद गरिएको थियो । सशस्त्र प्रहरी निरीक्षक खिलानाथ खतिवडाको कमाण्डमा खटिएको एपिएफ टोलीले बरामद गरेको उक्त गाँजा तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ । अपहरित व्यक्तिको एपिएफ टोलीद्वारा सकुशल उद्धार सप्तरी, यही पौष १५ गते साँझ सप्तरी जिल्लाको कोईलाडी गाविस ५ बाट अपहरणमा परेका भारत सुपौल घर बताउने ४५ वषिर्य शिवनारायण मेहतालाई एपिएफ टोलीले सकुशल अपहरणमुक्त गरेको छ । उक्त स्थानमा रहेकोे ससुराली घरमा आएको बेला निज मेहतालाई ५/६ जनाको समूहले अपहरण गरी लगेको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल निर्वाचन सुरक्षा वेश हनुमाननगरबाट खटिएको एपिएफ टोलीले स्थानीय प्रहरीको सहयोगमा उनलाई सकुशल अपहरणमुक्त गरेको हो ।उनलाई सोही गाविसको वडा नम्बर ७ स्थित घरमा राखिएको अवस्थ्ाामा अपहरणमुक्त गरिएपछि आफन्तको जिम्मा लगाईएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment