बेंगलोर, पुस १७ - भारतले चार महिनापछि चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पठाउने भएको छ ।
भारतले पहिलो चन्द्र अभियानअर्न्तर्गत सन् २००८ को अप्रिल महिनामा 'चन्द्रायन-१' को प्रक्षेपण गर्न लागेको हो । यो अभियानले अन्य परीक्षणबाहेक मुख्य रूपमा चन्द्रमामा भएको रसायन र खनिजको अध्ययन अनुसन्धान गर्नेछ ।
'सन् २००८ को अप्रिलमा 'चन्द्रायन-१' प्रक्षेपण गरिनेछ,' भारतीय अन्तरिक्ष अनुसन्धान संगठन -इसरो) का निर्देशक एस सतिशले कान्तिपुरस“ग भने ।
सतिशका अनुसार 'पोलार स्याटेलाइट लन्च भेहिकल' -पीएसएलभी/एक प्रकारको रकेट) को माध्यमले अन्तरिक्ष यान प्रक्षेपण गर्नेछ ।
अन्तिम चरणको परीक्षण जारी रहेको यो अन्तरिक्ष यानले ११ वटा 'पेलोड -सामान)' लिएर चन्द्रमामा जानेछ । 'चन्द्रयान-१' मा ३.८ खर्ब भारतीय रुपैया“ खर्च हुने अनुमान गरिएको छ ।
'चन्द्रमामा मानव पठाउन 'चन्द्रायन-२' बारे छलफलसमेत सुरु भएको छ,' निर्देशक सतिशले भने- 'तर यो दसकौं लाग्ने अभियान हो, हाम्रो लक्ष्य मंगल ग्रहसम्म पुग्नु हो ।' आठ वर्षछि चन्द्रमा र १४ वर्षछि मंगल ग्रहमा मान्छे पठाउने लक्ष्यसमेत राखिएको छ ।
यस अभियानमा चन्द्रमामा ११ वटा परीक्षण गरिनेछ । जसमध्ये ५ भारतले र दर्ुइ वटा अमेरिका र एक-एक वटा स्वीडेन, जर्मनी, बुल्गेरिया र बेलायतले गर्नेछ ।
'हालसम्म चन्द्रमाको पृथ्वीबाट देखिने भागको मात्र सबैले अध्ययन अनुसन्धान गरेका छन्,' सतिशले भने- 'हामी चन्द्रमाको पृथ्वीबाट नदेखिने भागको समेत अध्ययन गर्ने छौं ।' यो दर्ुइवर्षो अभियानले चन्द्रमाको सतहको त्रिआयामी -थ्री-डाइमेन्सनल) नक्सा तयार पार्नुका साथै सम्पर्ूण्ा चन्द्र सतहको रसायनिक नक्सासमेत बनाउनेछ ।
पृथ्वीको ऊर्जा समस्या समाधान गर्न वैज्ञानिकहरूले चन्द्रमातर्फआशाको दृष्टिले हर्ेन थालेका बेला भारतले आफ्नो चन्द्र अभियानलाई गति दिएको हो । हिलियम-३ चन्द्रमाको सतहमा करोडौं वर्षेखि धूलोका रूपमा जमेको छ । सतिशले भारत पनि यसमा चासो राखेको स्वीकार गर्दै भने- 'चन्द्रायन-१ भारतको अन्तरिक्ष अनुसन्धानको दिशामा एउटा ठूलो फड्को हो ।'
Wednesday, January 2, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment