Sunday, January 6, 2008

स्कुलबस दर्ुघटना प्रिन्सिपलसहित ३ को मृत्यु, ५७ घाइते

काठमाडौं, पुस २१ - नुवाकोटको ककनीमा पिकनिक सकेर राजधानी र्फकंदै गरेको स्कुलबस शनिबार सा“झ सडकबाट खस्दा प्रिन्सिपलसहित तीनको मृत्यु भएको छ । ५७ जना घाइते भएका छन् ।
स्वयम्भूको ढल्कोस्थित सेक्रेट हार्ट एकेडेमीका ४ देखि ८ कक्षासम्मका विद्यार्थी र शिक्षकसहित ७७ जना सवार बा२ख १४१ नम्बरको बस ककनीबाट करिब २ किमि वरको घुम्तीमा सडकबाट करिब दस मिटर तल खस्दा उत्तानो परेको थियो ।
काठमाडौं प्रहरी प्रमुख र्सर्वेन्द्र खनालका अनुसार दर्ुघटनामा परी मृत्यु भएकामा प्रिन्सिपल सुशीला शाक्य, शिक्षिका प्रमिला र्राई र विद्यार्थी मोहन लुंगेली छन् । घाइतेहरूको वीर, सिर्द्धार्थ र शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
खनालले लापरबाही र सिटभन्दा दोब्बर बढी विद्यार्थी बोकेका कारण दर्ुघटना भएको प्रारम्भिक छानबिनमा देखिएको बताए । चालकले मादक पदार्थ सेवन गरेर बस चलाएको हुनसक्ने अनुमान प्रहरीको छ ।
मादक पदार्थ सेवन गरेर मातेका चालकलाई कागती पानी खुवाएर गाडी चलाउन लगाएको बसमा सवार एक विद्यार्थीले बताएको पनि प्रहरीले जनाएको छ । बसका चालक राति अबेरसम्म फरार छन् ।
बस खसेलगत्तै स्थानीय बासिन्दा, पछाडि आउ“दै गरेको सवारीसाधनका यात्रु र ककनीस्थित सशस्त्र प्रहरीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएका थिए । अ“ध्यारो भएका कारण उद्धारमा केही कठिनाइ भएको थियो ।
उपचारका लागि पठाइएकामध्ये सिर्द्धार्थ अस्पतालमा एक, वीर अस्पतालमा एक र शिक्षण अस्पतालमा एकको मृत्यु भएको थियो । उपचारका निम्ति महाराजगन्जस्थित शिक्षणमा ३०, सिर्द्धार्थमा १५ र वीरमा १२ जना ल्याइएको थियो ।
शिक्षण अस्पतालको आकस्मिक कक्षमा स्थान नभएपछि टिकट काट्ने काउन्टर अगाडिको भुइ“मा राखेर घाइते विद्यार्थीहरूको उपचार गरिएको थियो । शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख डा. प्रतापनारायण प्रसादले उपचार गराइरहेकामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताए । त्यस्तै वीरमा उपचार भइरहेकामध्ये तीनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।
अस्पतालमा उपचार गर्न पुगेका अधिकांश विद्यार्थीको हाड भा“च्चिएको र चोट लागेर रगताम्य भएका छन् । उपचार भइरहेको तीनवटै अस्पतालमा अभिभावकको घुइ“चो लागेको छ ।
अस्पतालले उपचार गराइरहेको घाइतेहरूको नामावली टा“सेको छ । 'हामी बसमा गीत गाउ“दै थियौं, एक्कासि के भयो केही थाहा पाइएन' शिक्षण अस्पतालमा उपचार्रार्थ एक विद्यार्थीले भनिन्- 'मैले अस्पताल पुगेपछि मात्रै बस दर्ुघटना भएर चोट लागेको
थाहा पाए“ ।'
'घटनास्थल पुग्दा कोलाहल थियो,' बालाजुबाट उद्धारका लागि घटनास्थल पुगेका प्रहरी नायव उपरीक्ष्ँक कञ्चन थापाले भने- 'सबै विद्यार्थी अ“ध्यारोमा आत्तिएर चिच्याइरहेका थिए ।' उद्धारकर्मीले घाइतेहरूलाई सडकमा आइरहेका सवारीमा हालेर पठाएका थिए ।

No comments: