Thursday, January 17, 2008

प्रचण्डका छोरा प्रकाश दाहालको दोस्रो बिहे

१७ जनवरी, ०८ । माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको दोस्रो बिहे आज पोखरामा भएको छ । प्रकाशको दोस्रो विहे पोखराकी सिर्जना त्रिपाठीसंग गरेका हुन् । पोखराको हेम्जा गाउँकी देवकृष्ण त्रिपाठीकी २२ वर्षीय छोरी सिर्जना स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छिन् ।विहेमा प्रचण्डका नजिकका आफन्तहरुमात्र सहभागी रहेका छन् । प्रकाशको विहेको चाँजोपाँजो उनकै मामा चन्द्रकान्त पौडेलले गरेका हुन् । प्रकाशले यसअघि माओवादी केन्द्रीय सदस्य एवं अनुसासन विभाग इन्चार्ज पोष्टवहादुर वोगटीकी छोरी प्रभासंग पहिलो विहे गरेका थिए ।

No comments: