भरतपुर, पुस २९ - एमाले महासचिव माधव नेपालले छापामारलाई सेनामा गाभ्न नसकिने बताएका छन् । माओवादी छापामार पार्टर्ीीति प्रतिबद्ध रहेकाले सेनामा गाभ्दा विखण्डन हुने नेपालले दाबी गरे ।
'दल वा कुनै राजनीति प्रतिबद्धतामा लागेका लडाकु कार्यकर्ता राष्ट्रिय सेना हुन सक्दैनन्,' चितवनमा अखिल नेपाल महिला संघद्वारा आइतबार आयोजित राष्ट्रिय प्रशिक्षणमा उनले भने- 'अहिले राष्ट्रको सेना भनेको नेपाली सेनाबाहेक अरू कोही हुन सक्दैन, समायोजनको बखेडा झिकेर राष्ट्रियता खतरामा पार्न खोज्नु संविधानसभा भा“ड्ने षड्यन्त्रमात्र
हो ।' उनले माओवादी लडाकु पार्टर्ीीे कार्यकर्तामात्र भएको जनाए । 'दलका कार्यकर्तालाई कुनै पनि मुलुकले राष्ट्रिय सेनामा समाहित गरेको उदाहरण छैन,' उनले भने ।
राष्ट्रसंघले छनोट गरेका लडाकुलाई बेरोजगार भत्ता दिएर चुनावसम्म राखे पनि त्यसपछि उनीहरूलाई राज्यले उपयोग गर्ने वैकल्पिक बाटो खोज्नुपर्ने उनले बताए । माओवादीसमेत संविधान सभामा प्रतिबद्ध भएर आएकाले समायोजनकै विषयमा विवाद नगर्न माओवादी र अन्य दललाई आग्रह गरे । चुनावी वातावरणका लागि दलहरूले मुख्य भूमिका निर्वाह गनर्ुर्ुर्े उनले बताए ।
तर्राईमा केही समूहले समस्या खडा गर्न खोजे पनि चुनाव बिथोल्न सक्ने हैसियत उनीहरूमा नभएको नेपालले दाबी गरे । 'म मधेसका सबै जिल्ला घुमेर बुझ्दा चुनाव भा“ड्ने हैसियत उनीहरूस“ग छैन,' उनले भने- 'तर राष्ट्रिय एकता बलियो बनाउन तर्राईका शक्तिस“ग मिलेर जानुपर्ने आवश्यकता छ ।'
Monday, January 14, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment