Monday, January 7, 2008

बाघ आक्रमणमा तीन घाइते

म्याग्दी, पुस २२ - बाघको आक्रमणमा परी आइतबार पिप्लेका ७५ वषर्ीया चन्द्रकुुमारी भण्डारी, २७ वषर्ीया मीना खत्री र काली केसी घाइते भएका छन् । घाइतेमध्येकी चन्द्रकुुमारीलाई जिल्ला अस्पतालले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रिफर गरेको छ भने अन्य दर्ुर्ुइको म्याग्दी अस्पतालमा उपचार भइरहेको छ । वृद्धा भण्डारीको देब्रे आ“खासहित अनुुहारको चोक्टा निकालेको र स्थिति गम्भीर भएको चिकित्सक रवीन्द्र शर्माले बताए ।

No comments: