Thursday, January 10, 2008
पहिलो चरणमा १० हजार भुटानी शरणार्थीहरुलाई अमेरिका
१० जनवरी, ०८ । नेपालका लागि अमेरिकी राजदूत नान्सी जे पावेलले पहिलो चरणमा १० हजार भुटानी शरणार्थीहरुलाई अमेरिका पुनर्वास गराईने बताउनु भएको छ । शरणार्थीहरुको अवस्था नाजुक बन्दै गएकोले अमेरिकाले यो योजना ल्याएको जानकारी दिनुभयो । "यो अमेरिकाको मानवीय सहयोग हो"- पावेलले भन्नुभयो- "यसलाई अन्य अर्थमा नलिनुहोला ।" शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईओमको कार्यालय उदघाटनकाक्रममा बोल्दै उहाँले अमेरिका पुनर्वासको योजना चाँडै लागू हुने जानकारी दिनु भयो । यद्यपि उनले समयसीमाबारे भने बताउनु भएन । ससम्मान स्वदेश फिर्ता हुन पाउनु शरणार्थीहरुको पहिलो अधिकार भएको उल्लेख गर्दै उहाँले भन्नुभयो- "शरणार्थीहरुले जहाँ जान चाहेपनि स्वतन्त्र छन् ।" शरणार्थी शिविरहरुमा बढ्दै गएको असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै राजदूत पावेलले शिविरहरुमा सानो सङ्ख्याले ठूलो समूहलाई दबाब दिईरहेको बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment