काठमाडौं, पुस ३० - सरकारले मंगलबारदेखि मुलुकभरिका स्वास्थ्य र उपस्वास्थ्य चौकीबाट अत्यावश्यकीय स्वास्थ्य सेवा र औषधि निःशुल्क उपलब्ध गराउने भएको छ ।
'ती निकायमा बिरामीले दर्ता शुल्कसमेत तिर्नुपर्ने छैन,' स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरिराजमणि पोखरेलले भने- 'उपचारका लागि सूचीकृत औषधिसमेत निःशुल्क प्रदान गरिनेछ ।' उनका अनुसार ड्रेसिङ, टा“का, प्लास्टरलगायत सेवा र त्यसका लागि चाहिने औषधि पनि किन्नुपर्ने छैन । गर्भवती र प्रसूति सेवा पनि निःशुल्क हुनेछ ।
देशभर ६ सय ७५ स्वास्थ्य चौकी र तीन हजार एक सय २७ उपस्वास्थ्य चौकी छन् । स्वास्थ्य चौकीबाट ३२ प्रकारका र उपस्वास्थ्य चौकीमा २२ प्रकारका औषधि निःशुल्क उपलब्ध हुनेछन् । यो सेवाका लागि सरकारले जिल्लाको बजेट तीन सयदेखि चार सय प्रतिशतसम्म बढाएको उनले जनाए । सामुदायिक औषधि कार्यक्रम लागू जिल्लामा सुपथ मूल्यमा बिक्री हु“दै आएकामा अत्यावश्यक औषधि निःशुल्क दिने व्यवस्था गरिएको हो ।
निःशुल्क कार्यक्रम प्रभावकारी बनाउन सात सय स्वास्थ्य कार्यकर्ताको नियुक्ति गरेको मन्त्री पोखरेलले बताए । स्वास्थ्य चौकीमा उपचार गर्दा चाहिने अत्यावश्यकीय सामग्री पनि निःशुल्क उपलब्ध गराइने छ । निःशुल्क हुने औषधिहरूमा पारासिटामोल, क्लोरफेनरामिन, फेनरामाइन, चारकोल एक्टिभेटेड, एट्रोपिन, एल्वेन्डाजोल, मेट्रानिडाजोल लगायत छन् । त्यस्तै, एमोक्सिसिलिन, टाइफाइडलगायत झाडापखाला र हैजामा उपयोग गरिने एन्टिबायोटिक 'स्रि्रोफ्लोक्सासिलिन', औलो ज्वरोका लागि उपयोग गरिने 'सल्फामेथोक्साजोल र टि्रमेथोप्रिम' औषधि निःशुल्क दिइने छ । रक्तअल्पतामा उपयोग गरिने आइरन चक्की 'फेरस साल्ट र फलिक एसिड', दादमा उपयोग गरिने मलम 'बेन्जोइक एसिड र सेलिसाइलिक एसिड लगायत औषधि पनि किन्नुपर्ने छैन ।
Tuesday, January 15, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment