Friday, January 4, 2008

बम विष्फोट, दुईजना घाईते

- अज्ञात समूहले गएराति पर्सामा गराएको बम विष्फोटनमा दुई जना मजदुर घाइते भएका छन् ।
लिपनी विर्तास्थित न्यु अनिल टेक्सटायल्समा बिहीबार साँझ ९ बजेतिर गराइएको विष्फोटमा सो उद्योगका मजदुर ब्रम्हदेव पटेल र सचिन्द्र बैठा घाइते भएका छन् ।
घटनालगत्तै सिमराबाट गएको स्पेशल टास्क फोर्सको टोलीले घाइतेहरुलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज पुर्‍याएको थियो । विष्फोटबाट उद्योगमा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ।

No comments: