प्रधानसेनापती रुकमाङगत कटुवालले माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्ने विषयमा असहमति जनाउनु भएको छ ।
चिनको साता व्यापि व्यापी भ्रमणमा जानु अघि त्रिभुवन बिमान स्थलमा संचारकर्मी संग कुरा गर्दै प्रधानसेना पती कटुवालले एउटा समस्या समाधान गर्ने नाममा अर्को डरलाग्दो समस्या भित्राउन नहुने विचार व्यक्त गर्नुभयो ।
नेपाली सेना राष्ट्रिय सेना भएकाले यसमा कुनै राजनितीक बाद घुसाउन खतराजनक हुने कटवालले जनाउनु भएको थियो । सेना चेन अफ कमाण्डमा चल्ने वताउदै कटवालले मुलुकमा राष्ट्रिय झण्डा जलाईनुले राष्ट्रिय अखण्डता गम्भिर खतरामा परेको औल्याउनुभयो ।
सिमीत पत्रकार माझ बोल्दै कटवालले सेना मुलुकको समस्या समाधान होस भन्ने पक्षमा रहेको स्पष्ट पार्नुभएको थियो तर समस्या समाधानका लागी भनेर राष्ट्रिय अखण्डमा आच पुग्ने खालका कुनै पनि गतिविधी सैय नहुने बताउनु भएको छ ।
भारत भ्रमण लगत्तै चिनको भ्रमण गर्ने लागेको प्रति संचारकर्मीले आशंका व्यक्त गर्दा प्रधानसेनापति कटवालले आफ्नो भ्रमण रक्षा मन्त्रिको स्विक्रितिमा भएको दावि गर्नुभएको थियो । आज चिन तर्फ लाग्नु भएका प्रधानसेना पति कटवाल अर्को आईतवार स्वदेश फर्कनु हुने छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment