Sunday, January 6, 2008

विकास निर्माणको हरहिसाब नबुझाएको भन्ने विषय, एमाले-माओवादी झडप

कास्की, २२ पुस । गाविस अध्यक्ष हुँदा लिएको विकास निर्माणको हरहिसाब नबुझाएको भन्ने विषयलाई लिएर कास्की जिल्लाको लामाचौर गाविसमा गाउँ परिषद् चलिरहेकै बेला नेकपा (एमाले) र नेकपा (माओवादी)का कार्यकर्ताबीच झडप भएपछि गाउँ परिषद् अनिश्चितकालका लागि स्थगित भएको छ । दुइ पक्षबीचको झडपमा परी गाविसका पूव अध्यक्ष दुगाबहादुर खत्री र ओमबहादुर कुँवर सामान्य घाइते भएका छन् । माओवादी कार्यकर्ताको आक्रमणबाट उनीहरू घाइते भएको बताइएको छ । झडपमा आफ्ना तीन जना कार्यकर्ता घाइते भएको नेकपा (माओवादी)का स्थानीय कार्यकर्ता जीवनले बताए । नेकपा (एमाले) गाउँ कमिटीका सचिव बलराम भण्डारीले माओवादीले माफी नमागेसम्म गाउँ परिषद् हुन नदिने बताउनुभएको छ । नेकपा (माओवादी)ले यसअघि नै गाउँको विकासनिर्माणको हरहिसाब पारदर्शी नगरेसम्म गाउँ परिषद्को बन्द सत्र चल्न नदिने भनी बताउँदै आएको थियो ।

No comments: