काठमाडौं, पुस १९ - नुवाकोटबाट राजधानी आउ“दै गरेको आठ जनाको हतियारधारी समूहलाई बिहीबार सशस्त्र प्रहरीले गल्छीबाट पक्राउ गरेको छ ।
बागभैरव गुल्मका अनुसार पक्राउ पर्नेमा काठमाडौंका दीपक चित्रकार र सगुन लामालगायत छन् । सशस्त्रले उनीहरूबाट १ थान कटुवा पेस्तोल, एक राउन्ड गोली र स्न्यापर राइफलमा प्रयोग हुने १ थान बाइनुकुलर र चार वटा मोटरसाइकल बरामद गरी नियन्त्रणमा लिएको छ ।
लामा र चित्रकार लगायत ८ जनाको समूह हतियार बोकेर नुवाकोटस्थित सडक डिभिजनमा हुन लागेको टेन्डरमा किचलो गर्न पुगेको सुचनाका आधारमा र्कितिपुरस्थित कालीन्चोक गणबाट सशस्त्र प्रहरीको टोली गल्छी पुगेको थियो ।
Friday, January 4, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment