चुनावप्रतिको प्रतिबद्धता जाहेर गर्न संयुक्तसभाहरु गरिरहेको बेला तराइका विभिन्न संगठनहरुले चक्काजाम र हडताल आह्वान गरेका छन्।
मध्य र पूर्वी तराईमा शुक्रबार विभिन्न संगठनहरुले गरेको चक्काजाम र बजार बन्दबाट जनजीवन नराम्ररी प्रभावित भएको थियो।
हाम्रा जनकपुरस्थित संवाददाता भन्छन्, बिहानदेखि नै पर्साभन्दा पूर्वतर्फ रहेका जिल्लाहरुमा सवारी साधन चलेका थिएनन्। प्रमुख बजारहरु बन्द थिए।
बन्द समर्थक र सुरक्षाकर्मीबीच सप्तरी जिल्लाको राजविराजमा भएको झडपमा कम्तीमा छ जना घाइते भएको र १० जना भन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शनिवार जनकपुरमा आयोजना गरिन लागेको सात दलको संयुक्तसभालाई बिथोल्न बन्द र हडताल गरिएको आरोप आयोजकले लगाएका छन्।
यस्तो तनावका बीच सभालाई सफल बनाउन शुक्रबार जनकपुरमा मोटरसाइकल र्याली गरिएको थियो।
सुरक्षा व्यवस्था
मध्य क्षेत्रका प्रहरी नायव महानिरीक्षक किरण गौतमले सुरक्षा व्यवस्थालाई कडा तुल्याइएको बताए।
तर नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइरालासमेत उपस्थित राजविराजमा भएको एउटा कार्यक्रमस्थल नजिकै बम विष्फोट गराइएको थियो।
कार्यक्रममा गृहराज्यमन्त्री रामकुमार चौधरी पनि थिए।
मधेशमा आन्दोलनरत्त दलहरुलाई सरकारले वार्तामा आउन बारम्बार आव्हान गर्दै आएको छ।
तर हालसालै गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टीका साथै अन्य सशस्त्र र निशस्त्र दल एवं संगठनहरुले सरकारको त्यस्तो आग्रह अस्वीकार गर्दै आएका छन्।
Friday, January 25, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment