Wednesday, January 2, 2008
मृत्यु भएको नौ महिनापछि शव घर ल्याइयो
बाबियाचौर (म्याग्दी), १८ पुस । धन कमाई ल्याएर घरपरिवार सुखसँग पाल्ने कल्पना बोकेर साउदी अरब पुगेका खपबहादुर शेरपुञ्जाको शव मृत्यु भएको नौ महिनापछि घर पुगेको छ । म्याग्दी जिल्ला पाखापानी गाविस वडा नं.२ थ्रिबाङ निवासी ३५ वर्षीय खपबहादुर रोजगारीको सिलसिलामा डेढ वर्षघि साउदी अरब गएका थिए । नौ महिनाअघि साउदी अरबको समुद्री छालमा परी मृत्यु भएका उनको शव हिजोमात्र घर ल्याइएको हो । शव ल्याइपुर्याउँदा मृतकका परिवारमा कोलाहल भएको थियो ।मृत्यु भएको खबर घरपरिवारलाई थाहा भए पनि खपबहादुरको शव नेपाल ल्याउन सकिएको थिएन, परिवारको विशेष अनुरोधमा मृतक कार्यरत कम्पनीले नौ महिनापछि भए पनि शव घर पठाएको मृतकका काका लालमन शेरपुञ्जाले बताउनुभयो । गरिबीका कारण विदेशिएका परिवारका एकमात्र छोराको मृत्यु भएपछि वृद्ध बाबुआमा बेसहारा भएका छन् । मृतकका श्रीमती, तीन छोरी र एक छोरा छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment