काठमाडौं, पुस २८ - निर्वाचन आयोगले संविधानसभा चुनावका लागि माघ २ गतेदेखि चरणबद्घ 'निर्वाचन आचारसंहिता' लागू गर्ने भएको छ ।
सरकारले शुक्रबार चैत २८ गते चुनावको मिति तोकेपछि शनिबार बसेको आयोग पदाधिकारी बैठकले आचारसंहिता लागू हुने मिति निर्धारण गरेको हो । आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको छ । सरकार, सरकारी तथा अर्धसरकारी संस्था र स्थानीय निकायलाई २ गतेदेखि र दलहरूलाई समानुपातिक निर्वाचन प्रणालीअर्न्तर्गत उम्मेदवारको बन्दसूची पेस गरेको दिनदेखि आचारसंहिता लागू हुनेछ ।
उम्मेदवारले मनोनयन पत्र दर्ता गरेको दिनदेखि र निजी सञ्चार माध्यमले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको मितिदेखि आचारसंहिता पालना गर्नु पर्नेछ ।
निर्वाचन कार्यक्रम आयोगले पछि र्सार्वजनिक गर्ने प्रवक्ता लक्ष्मणप्रसाद भट्टर्राईले बताए । आचारसंंहिता लागू भएपछि सरकारी कर्मचारीको सरुवाबढुवा, नया“ योजना स्वीकृत, शिलान्यास गर्ने तथा अनुदान दिन पाइने छैन ।
मन्त्री वा राजनीति नियुक्ति पाएका व्यक्तिले सरकारी कामका लागि भ्रमणमा जा“दा निर्वाचन प्रचारप्रसार गर्न नपाउने, सरकारी स्रँेत साधन दलको प्रचारप्रसारका लागि प्रयोग गर्न नपाउनेलगायत प्रावधान छ ।
यसैगरी उम्मेदवारले निर्वाचनका लागि ४ लाख ५९ हजार ५ सय रुपैया“ मात्र खर्च गर्न पाउनेछन् । उक्त रकम मतदाता नामावली खरिद, सवारी साधन, पर्चा छपाइ, ढुवानीलगायत शर्ीष्ाकमा खर्च गर्नुपर्ने आयोगद्वारा जारी आचारसंहितामा उल्लेख छ ।
समानुपातिक सिटका लागि भने बन्दसूचीमा उम्मेदवारी दिएका उम्मेदवारको संख्याको आधारमा प्रतिउम्मेदवार ५० हजार रुपैया“का दरले हुन आउने रकम मात्र खर्च गर्न पाइने छ । आचारसंहिता अनुसार यस पटकदेखि कुनै पनि दल र उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि भित्ते लेखन, तुल, ब्यानरको प्रयोग गर्न पाउने छैनन् । र्सार्वजनिक आवागमनमा अवरोध पुग्ने गरी जुलुस आमसभा गर्न नपाइने, एउटा दलको सभामा अर्कोले हस्तक्ष्ँेप गर्न नपाउने, मतदानको दिनभन्दा ४८ घन्टाअघिदेखि सम्पर्ूण्ा प्रचार बन्द गर्नुपर्ने प्रावधान छ । धर्म, सम्प्रदाय, जात-लिंगका आधारमा घृणा, द्वेष उत्पन्न गर्ने गरी चुनाव प्रचार गर्न पाइने छैन । सञ्चार माध्यमले दलहरूबीच पर्ूवाग्रही भई समाचार सम्प्रेषण गर्न पाउने छैनन् । प्रकाशन/प्रसारण गरिएको सामग्री ३५ दिनसम्म सुरक्षित राख्नुपर्नेछ ।
कर्मचारी बिमा
आयोगले चुनाव अवधिभर खटिने सबै पदाधिकारी र कर्मचारीको १० लाख रुपैया“ बराबरको दर्ुघटना बिमा गर्नेछ । यसअघि कर्मचारीको तहअनुसार असमान बिमा गरि“दै आएको थियो । तल्लो तहका कर्मचारीको थोरै र माथिल्लो तहका कर्मचारीलाई बढी रकमको बिमा गरिथ्यो । यसअघि बढीमा सात लाख रुपैया“सम्मको मात्र बिमा गरिने गरिएकामा यस पटकदेखि बढाएर १० लाख पुर्याइएको हो
Sunday, January 13, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment