संविधानसभामा माओवादीलाई अन्य दलले निश्चित सिट नदिए माओवादी अझै पनि चुनावबाट भाग्नसक्ने एक एमाले नेताले बताएका छन् ।
संविधानसभामा हिस्सेदारीको सुनिश्चितता नपाए माओवादी अझै संविधानसभा चुनावबाट भाग्नसक्ने एमाले स्थायी समिति सदस्य इश्वर पोखरेलले बताएका छन् । माओवादीले 'संविधानसभा चुनाव नभए बिद्रोह' भन्नु हिस्सेदारीका लागि सुनिश्चिता खोजेको पनि पोखरेलले उल्लेख गरे । पुष २४ गते एमाले केन्द्रीय कार्यलय बल्खुमा 'तीन महिने संगठन परिचालन अभियान' कार्यक्रममा बोल्दै पोखरेलले एमालेले नेपाली कांग्रेस र माओवादीको बिचको शक्तिका रुपमा मध्यमार्गी भूमिका निर्वाह गरिरहेको दावी गरे ।
एमाले उपत्यका समन्वय कमिटीले बल्खुमा आयोजना गरेको कार्यक्रममा पुष ३० गते राजधानीमा हुने सात दलको कार्यक्रममा 'गणतन्त्र स्थापना गरौं, संविधानसभाको निर्वाचन गरौं' नारा उल्लेखित ब्यानर बोकेर जाने जानकारी दिइएको थियो । अभियानको तीन महिनामा कूल मतदाताको पाँच प्रतिशतलाई पार्टीको साधारण सदस्यता दिने पार्टीको योजना रहेको पनि कार्यक्रममा बताइएको थियो ।
Tuesday, January 8, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment