Thursday, January 17, 2008
बिराटनगरको संयुक्त सभाको तयारी पुरा
सात दलले निश्चित गरेका संयुक्त सभामध्ये माघ ५ गते बिराटनगरमा हुने सभाको तयारी पुरा भएको छ । सभाका लागि मोरङ जिल्ला जनपरिचालन प्रमुख रहेका एमाले मोरङ संगठन बिभाग प्रमुख बिनोद ढकाल सात दलले गर्ने सात सभामध्ये बिराटनगरमा सबैभन्दा भब्य हुने दावी गरे । सात सभामध्ये बिराटनगरमा हुनलागेको सात दलको दोश्रो सभा हो । यसअघि सात दलले काठमाडौमा सभा गरिसकेका छन् । बिराटनगरमा हुने सभालाई एमाले महासचिव माधवकुमार नेपाल, नेपाली कांग्रेस उपसभापति बिमलेन्द्र निधी, माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई, सदभावना आनन्दीदेवीका श्यामसुन्दर गुप्ता, नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापती र बाममोर्चाका सिपी मैनालीले सम्वोधन गर्ने कार्यक्रम छ । झापा, सुनसरी, सप्तरी र उदयपुरबाट पनि दलका कार्यकर्ताहरु सभामा ठूलो संख्यामा सहभागि हुने तयारी गरिरहेको आयोजकको भनाइ छ । सभा नजिकिदै जाँदा बिराटनगरमा बम बिष्फोट हुने क्रम सुरु भए पनि शान्तिसुरक्षाको स्थिति राम्रो रहेको दलका कार्यकर्ताहरु बताउछन् । रणवीर सेना नामको हतियारधारी संगठनले माघ ५ गतेकै लागि बिराटनगर बन्दको आह्वान गरेको छ । तर, उसले आह्वान गरेको बन्दले सभालाई अशर नपुयाउने ढकालको भनाइ छ । माघ ५ गते नै उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम र राजेन्द्र महतोको सदभावना पार्टीले सिराहाको लहानमा सभा राखेका छन् । गत वर्ष फोरमको वन्द कार्यक्रममा माओवादी कार्यकर्ताले रमेश महतोको गोली हानि हत्या गरेको दिन पारेर उनीहरुले सभा गर्नलागेका हुन् । माघ ५ देखि नै मधेशी संगठनहरुले आन्दोलन सुरु गर्ने घोषणा पनि गरिसकेका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment