Sunday, January 6, 2008
संविधानसभा निर्वाचनको लागि बजेट
सरकारले संविधानसभा निर्वाचनको लागि पूरक बजेट ल्याउने भएको छ । मन्त्रिपरिषदको आइतबार बिहान बसेको बैठकले पूरक बजेटका विषयमा निर्णय गरेको हो । अन्तरिम बजेटका रुपमा ल्याउन लागिएको पूरक बजेटमा निर्वाचन र सुरक्षाका लागि खर्च विनियोजन गरिने थाहा भएको छ । विभिन्न आन्तरिक तथा बाह्य स्रोतबाट निर्वाचन खर्च जुटाउने छलफल भएको बैठकपछि निर्माण तथा भौतिक योजना मन्त्री हिसिला यमीले बताउनु भयो । बजेट कति रुपैयाँको हुने भन्ने विषयमा भने केही निर्णय भएको छैन । दलहरुबीच हालै सम्पन्न २३ बुँदे सहमति कार्ययोजनाका विषयमा पनि बैठकमा छलफल भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment