एक हजार नेपालीलाइ रोजगार दिने सपना बाड्दै शुरु भएको रोजगार मेला बेरोजगार युवाको आक्रमणमा परेपछि स्थगीत भएको छ । बेरोजगार नेपाली युवावाट एक सयको टिकट कटाएर रोजगारको लोभ देखाएपनि भने अनुसार रोजमेला नभइ ठग मेला भएको भेउ पाएपछि युवाहरु एकाएक आक्रमणमा उत्रिएका थिए ।
आजैमात्र करिव ५० हजार टिकट एक सयको दरमा वेचेका थिए । रोजगार पाउने आशामा मेलामा गएकाहरु ठगको पन्जामा परेको पत्तो पाएपछि उनीहरु आक्रमणमा उत्रिएका हुन ।
रोजगारको आशामा त्यहाँ पुगेका हजारौँ युवा लाइनमा बसी भित्र प्रवेश गर्दा विज्ञापनमा भनिएजस्तो नभएको र उल्टै पैसा मागिएको थियो । स्टलमा बसेकाहरु रोजगारका लागि एक लाखसम्म बार्गेनिङ्ग गरिरहेका थिए । ६ महिना तालिम त्यसपछि मासिक २० हजारको जागिरको प्रस्ताव । अनी के सहन्थे केटाहरु आक्रमणमा उत्रिइहाले । लामै समय भएको थियो काठमाडौंको सडक शान्त भएको । आज केटाहरुले राम्ररीनै सडकको शान्ति भंग गरेनै ।
भारतको टाइम्स जव डटकम मुख्य आयोजक रहेको मेला शुरु हुनासाथ लफडा भएको थियो । पछि ठगिएका युवामाथि नै प्रहरी जागेपछि उनीहरु पनि के कम उत्रिइहाले आक्रमणमा । अहिले मेलाका सबै आयोजक फरार छन ।
Saturday, January 12, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment