Wednesday, January 2, 2008
अधिनायकवादी गणतन्त्र आवश्यक छैनः डा. रिजाल
कावासोती (नवलपरासी), पुस १७ गते । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं विधायक डा. मिनेन्द्र रिजालले नेपाली जनताको भावना बुझेर नै काङ्ग्रेसले संविधानसभाको पहिलो बैठकबाट मात्रै गणतन्त्रको छिनोफानो गर्ने निर्ण्र्ाागरेको बताउनुभएको छ । महामानव बीपी कोइरालाको मेलमिलाप सान्दर्भिकता तथा वर्तमान राजनीतिक अस्थिरतामा मेल-मिलापको सान्दर्भिकता विषयक नेपाल विद्यार्थी सङ्घ नवलपरासीले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेता रिजालले सो विचार व्यक्त गर्नुभएको हो ।हामी मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न चाहन्छौँ, काङ्ग्रेस केन्द्रीय सदस्य डा. रिजालले भन्नुभयो । अधिनायकवादी गणतन्त्र नेपालका लागि आवश्यक छैन र यसको प्रयोग गर्न केही लागेका छन् । नेविसङ्घका पूर्वअध्यक्ष गुरुराज घिमिरेले मसानघाटमा पुगिसकेको राजतन्त्र अब सदाका लागि अन्त्य भइसकेको बताउँदै संविधानसभा निर्वाचनपछि मात्र गणतन्त्रको संस्थागत विकास हुने बताउनुभयो । नेपाली काङ्ग्रेसका नवलपरासी सभापति कृष्णचन्द्र नेपालीले नेपाली काङ्ग्रेसलाई धम्क्याएर सामन्ती र अधिनायकवादी गणतन्त्र स्थापना गर्नेहरुप्रति काङ्ग्रेस सजग हुुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment