Wednesday, January 2, 2008
सरकारद्वारा नेट्वर्क मार्केटिङ सम्बन्धि निर्देशिका जारी
२ जनवरी, ०८ । बिश्वका अधिकांश मुलुकहरुले कानूनमा स्पष्ट ब्याख्या गरी धेरैपहिलेदेखि अवलम्बन गर्दै आएको र एक्काईसौं शताब्दीको बैज्ञानिक मानिएको नेट्वर्क मार्केटिङ उद्योगलाई नेपालमा पनि ब्यवस्थित गर्न हालै नेपाल सरकारले नेटवर्क मार्केटिङ ब्यवसाय सम्बन्धि निर्देशिका जारी गरेको छ । नेटवर्क मार्केटिङ ब्यवसाय सम्बन्धि निर्देशिका, २०६४ को प्रस्तावनामा भनिएको छ,- नेपालले अवलम्बन गरेको आर्थिक उदारीकरण र खुल्लाबजार नीतिअनूरुप मुलुकमा बिकास हुँदै गएको नेटवर्क मार्केटिङ सम्बन्धि ब्यवसायलाई नियमित, ब्यवस्थित र नियन्त्रित गरी सो ब्यवसायप्रति उपभोत्ताहरुलाई बिश्वस्त तुल्याई उपभोत्ताको हकहित संरक्षण गर्ने सम्बन्धमा आवश्यक ब्यवस्था गर्न वान्छनीय भएकोले उपभोत्ता संरक्षण ऐन २०५४ तथा उपभोत्ता संरक्षण नियमावली २०५६ बमोजिम नीतिगतरुपमा समेत बिचार गरी नेपाल सरकारले यो निर्देशिका जारी गरेको छ । बिगतमा बिना अध्ययन र अनुसन्धान नेट्वर्क ब्यवसायका सम्बन्धमा अनेकौ अफबाह र अनर्गल तथा आधारहिन भ्रम फैलाई अनावश्यक बिबादमा तान्ने काम भएको थियो भने कतिपय जिल्लाहरुमा कानूनमै ब्यवस्था नभएको अधिकार प्रयोग गरी प्रतिबन्ध लगाउने जस्ता काम प्रशासनयन्त्रबाट भएकोमा सर्बोच्च अदालतले त्यसो गर्न नमिल्ने भन्ने "स्टे अर्डर" फैसलासमेत गरिसकेको र तत्सम्बन्धि निर्देशिका पनि जारी भएकोले आवश्यक प्रक्रिया एवं मापदण्ड पूरा गरेका पारदर्शी र समयको मागअनुसारका नेटवर्क मार्केटिङ ब्यवसायीहरु अब नेपालमा निर्बाधरुपले अगाडि बढाउन पाउने भएका छन् । डाईरेक्ट सेलिङ सम्बन्धि अबधारणामा आधारित ब्यापार प्रणालीका बारेमा सर्बसाधारण उपभोत्ताहरुको चेतनाको पहुँचमा पुग्न नसक्नु, पम्परागत ढाँचा र अवधारणामा बानी परिसकेका नेपाली उपभोक्ताहरुले सजिलैसंग ग्रहण गर्न नसक्नु र केही ब्यवसायीहरुले बदनियतपूर्ण ढंगले नेटवर्क चलाईरहेका कारण बिश्वब्यापीरुप धारण गरिसकेको समग्र नेटवर्क उद्योगकै नेपालमा गलत ढंगले ब्याख्या गरिनुजस्ता कारणबाट बिगतमा यस ब्यवसायप्रति नकरात्मक प्रभाव परेको थियो । बिश्वका अधिकांश बिकसित मुलुकहरुले यस ब्यापार प्रणालीलाई अंगिकार गरी सफल प्रमाणित भईसकेको तथ्य ढिलै भएपनि नेपाल सरकारले बुझेर निर्बाधरुपले सञ्चालन गर्न पाउनका लागि कानूनी बन्दोबस्तको दस्ताबेज जारी भएकोमा लामो समयदेखि संघर्षरत नेटवर्क मार्केटिङ ब्यवसायीहरु आफ़्नो बिजय भएको ठानेका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment