बिरगंजमा बम बिष्फोट गराएको दावी गर्ने समूहको संख्या सात पुगेको छ ।
१७ माघ २०६४ ११:३१ मा पोष्ट गरिएको
प्रिन्ट ईमेल सम्पादकलाई चिट्ठी अक्षरको आकार:
बिरगंजमा माघ १६ गते बम बिष्फोट गराएको दावी गर्नेहरुको संख्या आधा दर्जन पुगे पनि प्रहरीले अझै बिष्फोटमा संलग्नहरुको पहिचान गर्न सकेको छैन । घटनाका प्रत्यक्षदर्शीको भनाइका आधारमा प्रहरीले बम बिष्फोट गराउने पनि घाइते भएको हुनसक्ने अनुमान गरेको थियो र घाइतेमध्ये केहीलाई निगरानी गरेको बताएको थियो । सात दलको सभा चलिरहेको बेला सभास्थलबाहिर एक जनाले झोला छाडेको र तत्कालै बम बिष्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका थिए । तर, माघ १७ गते बिहान प्रहरीले घाइतेमाथिको शंका निवारण भएको बताएको छ । कुन घाइतेलाई शंका गरिएको थियो भन्ने भने प्रहरीले जानकारी दिन चाहेन ।
१६ गते बेलुकासम्म बम बिष्फोट गराएको दावी गर्ने समूहको संख्या सात पुगेको पत्रकार रवि दाहालले बताए । यस्ता घटनाको जिम्मेवारी लिएर अपराध जगतमा चर्चित हुन घटनाको जिम्मेवारी लिने होड चलेको जानकारहरु बताउछन् । सात दलको सभामा भाग नलिन चेतावनि दिदै भाग लिए भौतिक कारवाही गर्ने धम्की ज्वालासिंहलगायत चार सशस्त्र समूहले दिएका थिए । उनीहरुले १५ र १६ गते बिरगंज बन्दको पनि आह्वान गरेका थिए । आज ज्वालासिंह समूहको भात्रृ संगठन मधेशी बिद्यार्थी मोर्चाले बिरगंज बन्द घोषणा गरेको छ ।
बम आक्रमणबाट घाइते भएका ६६ मध्ये १६ गते बेलुका ४ जनालाई उपचारका लागि राजधानी लगिएको छ । आज अरु ८ जना घाइतेलाई राजधानी लगिदैछ । ११ जना अझै अस्पतालमा उपचार गराइरहेका छन् । बाँकि घाइतेहरु सामान्य उपचारपछि घर फर्केका छन् । राजधानीमा उपचारका लागि लगिएकी एक महिलाबाहेक अन्य घाइतेको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । ती महिलालाई छातीमा छर्रा लागेको छ ।
Thursday, January 31, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment