Tuesday, January 1, 2008

श्रीलङ्का-हिन्दु मन्दिरमा गोली हानी हत्या

कोलम्बो, १७ पुस । राजधानी कोलम्बोको एक हिन्दु मन्दिरमा नयाँ वर्षो खुशियालीमा उत्सव हँदै गर्दा एक अज्ञात बन्दुकधारीले एक तमिल विपक्षी सांसदको गोली हानी हत्या गरेको प्रहरी र अस्पतालका अधिकारीहरूले आज बताएका छन् । शिवम् मन्दिरमा गोली लागि घाइते भएका युनाइटेड नेसनल पार्टी सांसद टि. महेश्वरनको कोलम्बो नेसनल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका प्रवक्ता पुष्पा सयोसाले बताइन् ।'महेश्वरनको टाउको लगायत थुप्रै भागमा गोली लागेको थियो, घाइते अन्य १० जनालाई उपचारका लागि अस्पताल ल्याइएको छ' सयोसाले भनिन् ।उत्तरी जाफ्नाको समस्याग्रस्त जिल्लाबाट प्रतिनिधित्व गर्ने महेश्वरन व्रि्रोहीहरू विरुद्ध थालिएको सरकारी सैन्य अभियानको कटु आलोचक थिए । उनीमाथि दरइ वर्षअघि पनि थुप्रै आक्रमणहरू गरिएको थियो तर उनी बच्न सफल भैआएका थिए । प्रहरीले बन्दुकधारी भक्तजनसँगै मिसिएर मन्दिर आएको र उसले नजिकैबाट महेश्वरनमाथि आफ्नो रिभल्वर निकाली दागेको बताएको छ ।

No comments: