Monday, January 28, 2008

सुजातालाई उपस्थितिका लागि पत्र

काठमाडौँ, माघ १३ गते । व्यवस्थापिका महिला सांसद समूहले बिनाविभागीयमन्त्री सुजाता कोइरालालाई जनआन्दोलनको भावना र उद्देश्यसम्बन्धमा छलफल गर्न समितिमा उपस्थितिका लागि पुनः पत्र पठाउने भएको छ । मन्त्री कोइरालाले राजसंस्थाका पक्षमा अभिव्यक्ति दिनुभएपछि महिला सांसद समूहले जनआन्दोलनको भावना र त्यसविपरीतका अभिव्यक्तिसम्बन्धमा छलफल गर्न आइतबार आमन्त्रण गरेको थियो ।सांसद सुशीला नेपालको अध्यक्षतामा आइतबार बसेको समितिको बैठकमा मन्त्री कोइराला उस्थिति हुनुभएन । निर्धारित समयभन्दा दर्ुइ घण्टा ढिलासम्म उहाँ नआउनुभएपछि बैठकले पुनः आमन्त्रण गर्ने निर्ण्र्ाागर्‍यो ।

No comments: