Thursday, January 10, 2008

गायक प्रकाश ओझा दोशि हूँन की होइनन ... ?

ज्योति खड्काइटहरीको स्थानीय साङ्गीतिक समूह मदानी समूहको म पनि एक सदस्य हुँ । त्यसमा प्रकाश ओझा शिशिर सुवेदीलगायतका व्यक्तिहरु पनि थिए । गायक प्रकाश ओझाले त्यही समूहबाट शुरु गरेको साङ्गीतिक यात्राले क्रमशः विस्तारित रुप लिँदै गयो । उहाँ राष्ट्रिय स्तरको कलाकार हुनुभयो । काठमाडौंमा कान्तिपुर टेलिभिजनको प्रशारण भर्खरै शुरु भएको थियो । उक्त टेलिभिजनबाट ओझाको नेतृत्वमा तीते करेली नामक हाँस्य कार्यक्रमको निर्माण गर्ने कुरा शुरु हुनथाल्यो । तीते करेलीको अभिनयका लागि म काठमाडौं बस्नुपर्ने भयो ।गाउँठाउँका दाजुभाइ र दिदीबहिनीबीचको त्यो जमघट शुरुका दिनमा निक्कै रोमााचक भयो । तर जब दिन बित्दै गयो तब एक पुरुषले अर्कोलाई मन पराउने एउटाले अर्कोको घृणा गर्नेजस्ता कृयाकलाप बढ्न थाल्यो । त्यसै क्रममा मलाई शिशिर सुवेदीले औधी मन पराएको भन्दै बिवाह प्रस्ताव गरे । तर म त्यो प्रस्ताव स्वीकार गर्न समर्थ भइनँ । मैले ुहुँदैनु भन्ने जवाफ दिएकै दिन शिशिरले भनेका थिए ुयो घमण्डको जवाफ म एक दिन दिउँला ।मलाई प्रकाश ओझाको प्रतिभा र व्यक्तित्वबाट निक्कै नै प्रभावित थिएँ । हुन पनि उहाँको प्रतिभाबाट हाम्रो इटहरी शहर निक्कै गौरवान्वित पनि थियो । त्यसैले मलाई अरुको भन्दा प्रकाश ओझाको बढी भर लाग्थ्यो । तर एक दिन मलाई प्रकाश दाइले मैले बाथरुममा नुहाउँदै गरेको नग्न तस्वीर देखाउनुभयो । होइन भनौं मैं हुँ त्यो हो भनौं त्यो फोटो खिचेको मलाई थाहै छैन ।प्रकाशले त्यो फोटो खिचेपछि मलाई श्रीषा कार्की बनाउँछु भन्नेसम्मको धम्की दियो । त्यो धम्कीपछि मैले सोचें म मर्नु ठीक होइन । आफ्नी आमा पनि तीन वर्षको छँदै मरेको । कान्छी आमाले स्याहार सुसार गरेकी म मर्नुबाट मेरो परिवारमा ठूलो चोट पुग्छ । त्यसैले प्रकाश ओझाका शर्त मान्नुबाहेक मसँग कुनै बिकल्प रहेन । शब्दमा भन्नु नपर्ला प्रकाश ओझाका प्रत्येक माग मैले पूरा गरेंँ ।लोग्ने फेर्दै हिँड्ने इटहरीकी बद्नाम युवती सुदेशा सिग्देल र प्रकाश ओझाबीच सुमधुर सम्बन्ध थियो । म सुदेशालाई दिदी भन्थें । एक दिन सुदेशाले शिशिर सुवेदीको सहयोगमा प्रकाशसँग भएका चिप्सहरु बरामद गरेकी रहिछन् । त्यो चिप्समा सुदेशाकी छोरी मनिषा म र मेरी बहिनीको पनि नग्न तस्वीर थियो । तर सुदेशाले आफ्नी छोरीको दृष्य सबै नष्ट पारेकी रहिछ । उनले ओझाले चेलिबेटीमाथि दुव्र्यबहार गरेको भन्दै उसलाई छोड्न नहुने भन्दै मलाई उक्साइन् । त्यसैले मैले ओझा विरुद्ध मुद्धा दायर गर्नमा सहमति जनाएँ । मैले बुझिन कि ओझासँगको मेरा सम्पूर्ण सम्पर्कलाई सार्वजनिक गर्ने अपराधी सुदेशा हुन् भन्ने कुरा । कारणः ओझाले ती दृष्यहरु विकि्रका लागि नभएर मात्र ब्ल्याकमेलिङ्गका लागि तयार पारेका थिए ।प्रकाश ओझा पक्राउ परेपछि मलाई उनकी श्रीमतीले पटक-पटक अनुनय गरिन् प्रकाशलाई माफ दिन । उनले प्रकाशसँग मलाई विवाह गर्नका लागि पनि दबाब दिइन् । तर मैले मानिनँ । उनले मलाई पढाई खर्च र चाहिएजति पैसा दिन्छु पनि भनिन् तर मेरा लागि त्यो कुरा स्वीकार्य भएन ।प्रकाश ओझा जेलबाट मुक्त भएलगत्तै उसले मसँग माफ मागिसकेको छ । उसका पनि घर परिवार छन् भनेर मैले उसलाई माफ गरिसकेको छु । हुन पनि गल्ती मेरो पनि हो । प्रकाशले आफ्नो चाहना धम्कीको शैलीमा व्यक्त गर् यो त्यो उसको कुरा हो मैले प्रतिवाद गर्न सकिन र चुपचाप स्वीकरा गरें वास्तवमा त्यो मेरो गल्ती थियो । उसले मलाई बलात्कार गरेको थिएन ।सुदेशाले प्रकाश पक्राउ परेलगत्तै अदालतलाई बयानमा भनेकी थिइन् प्रकाशका अश्लील दृष्यहरु मैले सेभ गरेर राखेकी छु । मैले सोधें किन दिदी भनेर । सुदेशाले भनिन् न्यायाधीशले पैसा खाएर प्रकाशको पक्षमा फैसला गरे भने काम लाग्छ नि ।शिशिरले इमेदलमा मेरो नाङ्गो फोटो ठाउँठाउँमा पठायो भनेर पनि मैले सुनें । सुनेपछि मैले शिशिरलाई सोधें । शिशिरले सुदेशाले हो भन्यो । सुदेशालाई सोधें उसले शिशिरले हो भनी । फोटोहरु पठाउने कर्तुत गरेपछि फेरि पनि मलाई शिशिरले भन्यो ुज्योति बिगि्रएको केही पनि छैन म तिमीलाई अझै पनि स्वीकार गर्छु । मेरो यो आशक्तिलाई बुझिनौं भने म जे पनि गरिदिन्छु ।ु उसले फोन गरेका नम्बरमा मैले कलब्याक गर्दा त्यो त पिसिओबाट गरेको रहेछ । यसबाट प्रष्ट हुन्छ विभिन्न व्यक्तिलाई इमेलमार्फत मेरो फोटो पठाउने मान्छे शिशिर हो । अनि पछिल्लो समयमा मेरो बद्नाम गर्ने उद्देश्यले सीडी बजारमा ल्याउने सुदेशा र शिशिर नै हुन् । किनभने त्यो सीडीमा सुदेशाले आफ्नी छोरीलाई जोगाएकी छन् र मलाई मात्रै प्रस्तुत गरेकी छन् । भरपर्दो आधार छ उनले अदालतमा चिप्स कपी गरेर राखेको बयान दिएकी थिएन ।यसबीचमा मैले पटक पटक मर्ने प्रयास गरें । मलाई जीवन भन्दा श्रीषा कार्की बन्नु उचित पनि लाग्यो । तर मरेपछि हारिन्छ भनेर म मर्न सकिन । जित्छु एकदिन ममाथि भएको अन्याय जित्छु भनेर आजसम्म बाँचेकी छु । तर राति राति मोबाइलमा फोन आउँछ- कति पैसा चाहिन्छ त्यसले पाउने हामीले नपाउने… तिम्रो …त कति राम्रो रैछ हेर्न मात्रै देऊ न यस्ता फोनबाट आजित भएर मैले मोबाइल बोक्न छाडें । बाँचौ आज पनि समाजले राम्रो भन्दैन मरौं हारेजस्तो हुन्छ म के गरौं दोधारमा छु ।साभार : नयां पत्रिका

3 comments:

Anonymous said...

timiro biswash lai ma kadar garchu,marne koshis kahele pani nagarnu jho mare ra gayo tyonai harcha .yo timro galti pani haina ra na chocnu pani galti bhane ko maanis batanai huncha .....dont belive in others make strong your heart.

Anonymous said...

man have bad habit,da way of think towards girl is very bad but i m proud of ur spirit my fren.

Anonymous said...

Sala bokalai ta janmakaid dinu parne ho.