Saturday, January 19, 2008
चुनाव सारे हतियार उठनेः भट्टराई
सात राजनीतिक दलका नेताहरुले संविधानसभा निर्वाचन चैत २८ गते गराएरै छाड्ने बताएका छन् । बिराटनगरमा शनिबार संयुक्त सभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । नेकपा एमालेका महासचिव माधबकुमार नेपालले यसअघि सारिए जसरी संविधानसभा चुनाव अव सार्ने प्रयास गर्नु नहुने बताउनु भयो । त्यसैगरी, माओवादी नेता डा वावुराम भट्टराईले यो पटक चुनाव सार्ने प्रयास गरिए आफ्नो पार्टीले हतियार उठाउने चेतावनि दिएका छन् । भट्टराईले भने, हामीले अहिले हतियार विसाएका मात्र हौ, फेरी चुनाव सारिए बिसाएका हतियार उठाउनेछौं । नेपाली कांग्रेस महामन्त्री विमलेन्द्र निधीले संविधानसभाको चुनाव राजा र राजतन्त्रले विथोल्न खोजेको बताउनु भयो । चुनाव विथोल्न खोज्नेहरु सात दलीय एकताको पनि बिरुद्ध रहेको निधीको भनाइ थियो । सभालाई नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता, जनमोर्चा अध्यक्ष अमिक शेरचन, सयुक्त वाममोर्चाका सिपी मैनाली, नेमकिपाका सुनिल प्रजापतीले पनि सम्वोधन गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment